Right ClaimLandPublished On: April 21, 2025

गोदावरी नगरपालिका वडा नं. १२ बस्ने गोपाल महर्जनको नाति गोपिलाल महर्जनको छोरा जगतलाल महर्जन बुवा गोपिलाल महर्जनको नाममा तपसिलका कित्ता जग्गा २०२१ सालमा सर्भ नाप नक्सा भई मोठ स्रेस्ता कायम भई दर्ता प्रमाणित गर्न बाँकी छुट जग्गा हालसम्म निवेदकले नै हक भोग गर्दै आउनुभएको हुँदा छुट जग्गा दर्ता | गरी नामसारी मृतकहरूको नजिकको हक खाने हकदार छोरा जगतलाल महर्जनका नाममा नियमानुसार छुट जग्गा दर्ता गरी नामसारी गरिदिनुहुन भनी गोदावरी नगरपालिका १२ नं. वडा कार्यालयको च.नं. २०९३ मिति | २०८१।१२।१९ को सिफारिस सहित साविक ठेचो मौजा रैकर ठेली नं. ८ । १०६८ मा भएको गोपिलाल ज्यापुका नामको लगत भिडाई जग्गा दर्ता गरिपाऊँ भनी द.न. १७२५३ मिति २०८१ / १२ / २० मा नाममा एकलौटी दर्ता गरिपाऊँ भनी जगतलाल महर्जनको निवेदन मागदाबी समेतका नाममा एकलौटी दर्ता नामसारी गरिपाऊँ भनी निवेदन मागदाबी रहेकोमा सो जग्गामा निज निवेदकको हक भोग रहेको छ/छैन, उक्त कित्ता जग्गा दर्ता छैन नामसारी गर्न यी निवेदक बाहेक अन्य हकदार छन्, छैनन् ? उक्त जग्गामा यी निवेदक बाहेक अरू कसैको हकदाबी छ ? निवेदकको माग बमोजिम दर्ता नामसारी गरिदिँदा अन्य कसैको हक भोग स्वामित्वमा असर पर्न जाने हो वा होइन ? कसैले उल्लिखित कित्ता जग्गाको हकमा दर्ता नामसारीका लागि यस पूर्व मिसिल भिडाई दर्ता प्रक्रियामा रहेको / भएको भए तथा अन्य कसैको हकदाबी भए वा निजहरूका नाममा दर्ता नामसारी हुनु नपर्ने कुनै मनासिव कारण भए सो समेत सम्पूर्ण व्यहोरा खुल्ने गरी हकदाबी सम्बन्धी गोरखापत्र राष्ट्रिय दैनिकमा | ३५ दिनभित्र सम्पूर्ण प्रमाण सहित हकदाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम छुट जग्गा दर्ता नामसारी भइजाने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ