यस बैंकको नाममा दर्ता रहेको तपसिलमा उल्लेखित गैर बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने भएकोले यो सूचना प्रकाशित गरिएको छ । तसर्थ उक्त सम्पति खरिद गर्न ईच्छुक व्यक्ति / फर्म / कम्पनी / संघ संस्थाहरुले निम्न लिखित शर्त बन्देजहरुको अधीनमा रही यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन (उक्त दिन सार्वजनिक विदा परेमा कार्यालय खुलेको दिन) भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन आहवान गरिन्छ ।