Loan Payment NoticeLandPublished On: April 22, 2025

यस बैंक का तपसिलमा उल्लेखित ऋणीले लिनुभएको कर्जा रकम चुक्ता भुक्तान गर्ने मिति समाप्त भई सक्दा पनि बैंकसंग गर्नुभएको सम्झौता बमोजिम कर्जा चुक्ता फछ्यौट नगर्नु भएकोले यस बैंकबाट पटक पटक मौखिक तथा लिखित तरताकेता गर्दा समेत सोको पूर्ण बेवास्ता गरी ऋणी तथा जमानतकर्ताले कर्जा नियमित तथा चुक्ता फछ्यौट गर्ने तर्फ चासो नदेखाई आलटाल गरी बसेको हुँदा यो सूचना प्रकाशित गरिएको छ । अतः यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कर्जा चुक्ता भुक्तानी हुने मिति सम्मको बैंकको सम्पूर्ण रकम चुक्ता फछ्यौट गर्न गराउनको लागि सम्बन्धित ऋणी तथा जमानतकर्ता समेतलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ । यो सूचना समेतको बेवास्ता गरी उल्लेखित समयावधिभित्र बैंकको सम्पूर्ण रकम चुक्ता फछ्यौट नगर्नु भएको खण्डमा ऋणी, जमानतकर्ता लगायत नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समाविष्ट गर्नु पर्ने सम्बद्ध सबैलाई अन्य कुनै पनि सूचना नदिई नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश गराइन सकिने, कर्जाको सुरक्षण वापत धितो रहेको सम्पत्ति तथा ऋणीको अन्य कुनै वा सबै सम्पत्ति लगायत जमानतकर्ता समेतको सम्पत्तिबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानून बमोजिम लिलाम बिक्री वा अन्य व्यवस्थाबाट असूल उपर गरिने र उपर्युक्तानुसारका सम्पत्तिबाट बैंकको कर्जा चुक्ता नभएको खण्डमा ऋणी तथा जमानतकर्ताबाट कर्जा असूल उपर गर्न अन्य आवश्यक कानूनी प्रकृया शुरु गरिने व्यहोरा जानकारी गराउँदछौं । आफ्नो व्यावसायिक ख्याति, सामाजिक प्रतिष्ठा तथा बैंकको उल्लेखित काम कारवाहीबाट तपाई उपर पर्न सक्ने अन्य असर र त्यसबाट उत्पन्न हुन सक्ने परिणाम समेतलाई ध्यानमा राखी उल्लेखित समयावधिभित्र सम्पूर्ण कर्जा चुक्ता फछ्यौट गर्नु हुने अपेक्षा गरिएको छ ।