का.जि. का.म.न.पा. वडा नं. ९ बस्ने अखण्ड प्रकाश रायमाझीले सर्भे नापीका बखत जोताहा मोहीले यो जग्गा का.ई. बत्तीसपुतली बस्ने बाबुकाजी वाड साहेवको जग्गा हो भनी मेरो बोलाउने नाममा नाप नक्सा गराई दिएको तपसिल बमोजिमको कित्ता जग्गा २५ नं. लाचो मौजा रैकर तर्फको लगतका शुरुको अधिकांश पानाका पूरै अक्षरहरू प्वाल परी लगत झुत्रो भएको कारण अक्षरहरू पढ्न सकिने अवस्थाहरू नरहेको भनी साविक लगत फाँटबाट लेखिआएकोले मेरा नाउँमा छुट जग्गा दर्ता गरिपाऊँ भनी माग निवेदन गरेको, साथै नेपाल राष्ट्र बैंकको धरौटी रसिद मिति २०३१।१३ को ११२६ मध्ये २५ नं. लाँचो रो- २॥ नगद रु. ४।२४ अखण्ड प्रकाशका नामको सक्कल नै रसिद पेश भएको। १ नं. मोही लगत पेश भएको, २ नं. अनुसूची र ७ नं. फाँटवारी रेकर्डबाट फेला परेन भनी भू.सु. फाँट भक्तपुरबाट लेखि आएको, अखण्ड प्रकाश रायमाझी र बावु काजी वडा सायब फरक-फरक व्यक्ति नभई एकै व्यक्ति हो भनी जि.प्र.का. काठमाडौँको च.नं. १३८५ मिति २०५२ ५ २१ को पत्र पेश गरेको देखिँदा यसमा निवेदक बाहेक अन्य कसैको हक लाग्ने भए वा माग बमोजिम दर्ता हुनु नपर्ने कुनै मनासिव कारण भए वा अन्य कसैले कुनै कारबाही चलाएको भए वा सरकारी, सार्वजनिक, सामुदायिक, गुठी, व्यक्तिगत लगायत अन्य जग्गा तथा संरचनालाई प्रतिकूल असर पर्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण हकदाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भई जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
