भक्तपुर र जिल्ला, दधिकोट गा.वि.स. वडा नं. ७ को हाल परिवर्तित सूर्यविनायक नगरपालिका वडा नं.-४ बस्ने रमेश खड्काले मेरो पिता नोख बहादुर खड्काका नाउँमा २०२१ सालको सर्भे नापीका बखत नापनक्सा भई दर्ता बाँकी रहेको तपसिल बमोजिमको कित्ता जग्गा भएकोमा साविक लगत मेरो बाजे स्व. प्रेम बहादुर खड्काको नामको ६ नं. दधिकोट मौजा रै. प. तर्फको सि. नं. ४ / ९५ न.नं. १९४३ रो - IIIII २, प्रेम बहादुर खड्का भ.पु. ई. गाम्चा र ८ नं. गाम्चा मौजा सि.नं. ५० न.नं. नभएको रो- १३ मध्येबाट भिडी दर्ता हुने तपसिल बमोजिम कित्ता जग्गा भएकोमा, नापीवाला नोख बहादुर खड्काको मिति २०२८ सालमा मृत्यु भई हक खाने जेठी श्रीमती सानु मैया खड्का र कान्छी श्रीमती ईश्वरी खड्का भएकोमा, जेठी श्रीमती सानु मैया खड्काको मिति २०७६ / १० / २६ मा मृत्यु भई हक खाने एक मात्र छोरा प्रताप बहादुर खड्का भएको, त्यस्तै कान्छी श्रीमती ईश्वरी खड्काको तर्फबाट जायजन्म भएका छोराहरू कुमार खड्का - १, रमेश खड्का - १ समेत जना- २ भएकोमा जम्मा हकदारहरू प्रताप बहादुर खड्का - १, ईश्वरी खड्का - १, कुमार खड्का - १, र रमेश खड्का - १ जना - ४ भएकोले हाम्रो नाउँमा संयुक्त छुट जग्गा दर्ता / नामसारी गरिपाऊँ भनी माग निवेदन गरेको, नापीवाला पिता नोख बहादुर खड्काको नाम कतै नोक बहादुर खड्का, कतै नोख बहादुर खड्का, कतै लोक बहादुर खड्का भई फरक परेकोमा यी नामथर गरेको व्यक्ति अलग-अलग नभई एकै व्यक्ति नोख बहादुर खड्का नै हो भनी सूर्यविनायक नगरपालिका ४ नं. वडा कार्यालयको च.नं. ३९२१ मिति २०८१/०२/१७ मा सिफारिस भई आएको, २ नं. अनुसूचीको जग्गावालाको महलमा लोक बहादुर उल्लेख भएको, १ नं. मोही लगत र ७ नं. फाँटवारी पेश नभएको, दधिकोट वडा नं. ३ /ख कि.नं. ५७ दर्ता बाँकी स्रेस्ता कायम ज.ध. लोक बहादुर, मोही चन्द्र बहादुर न्यौपाने उल्लेख भई मोठ भिडी आएको देखिँदा यसमा निवेदकहरू बाहेक अन्य कसैको हक लाग्ने भए वा माग बमोजिम दर्ता/ नामसारी हुनु नपर्ने कुनै मनासिव कारण भए वा अन्यत्र कसैले कुनै कारबाही चलाएको भए वा नापीवाल व्यक्ति | एकै व्यक्ति नभई अलग-अलग व्यक्ति भए वा सरकारी, सार्वजनिक, सामुदायिक, गुठी, निजी गुठी लगायत व्यक्तिगत तथा अन्य जग्गा तथा संरचनालाई असर पर्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण हकदाबी | गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भइजाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।