Right ClaimLandPublished On: April 23, 2025

यसमा जि. ललितपुर, ठैव वडा नं. ८ बस्ने ईश्वर श्रेष्ठ समेतले हाम्रा एकाघरका बाबु गोविन्द मान भन्ने गोविन्द राज श्रेष्ठको नाममा सर्भे नापीका समयमा नाप नक्सा भई स्रेस्ता कायम रहेको साविक लगत बौद्ध मौजा हा.नं. ३०४ बाट भिडी दर्तासम्म हुन बाँकी रहेको साविक का.जि., बौद्ध गा.वि.स. वडा नं. ४क कि.नं. १३४ क्षे.फ. ०-१०-१-० रहेकोमा नापीवाला बाबु गोविन्द मानको मिति २०४९।०१।१७ मा र आमा सानुमाया श्रेष्ठको मिति २०५५।१२।०५ मा आ- आफ्नै कालगतिले मृत्यु भई शेष पछिका हक खाने हकदारमा छोराहरू म निवेदक ईश्वर बहादुर श्रेष्ठ- १, रामेश्वर श्रेष्ठ - १ र भुवनेश्वर श्रेष्ठ समेत १ गरी जना ३ रहेकोमा साविकको उक्त जग्गा नयाँनापीबाट नगर- ६ सिट नं. १०२-१०६८-०८ कि.नं. २७६ क्षे.फ. ०१२-०-० कायम भएको र सो जग्गा बागमती नगर जग्गा एकीकरण आयोजनाबाट अधिग्रहण भई मुआब्जा स्वरूप का.म.न.पा.-६ सिट नं. - III कि.नं. १५१ क्षे.फ. २३०.३० व.मि. कायम भएको सो जग्गा हामीहरूका नाममा छुट जग्गा दर्ता सहित नामसारीका लागि निवेदन माग गरेको हुँदा निवेदकहरू बाहेक अरु हकदार भए वा माग बमोजिम दर्ता ना. सा. गर्न नमिल्ने कुनै कारण भए वा उक्त जग्गा छुट जग्गा दर्ताका लागि यसअघि अरू कसैले निवेदन माग गरेको भए यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ३५ दिनभित्र स-प्रमाण दाबी गर्न आउनुहोला अन्यथा कानून बमोजिम भई जानेछ। साथै उक्त जग्गाको तपसिल बमोजिमको फिल्डबुक व्यहोरा रहेको समेत जानकारी गराइन्छ |