ललितपुर उ.म.न.पा. वडा नं. ११ बस्ने कुल बहादुर श्रेष्ठको नाति राम बहादुर श्रेष्ठको छोरा शैलेन्द्र बहादुर श्रेष्ठले मेरा बाबुका नाममा कायम भएको का.पा. पोता नं. १०३ परिणत भई हा. नं. ८९० खला/पासीष्पा रोपनी ॥ मध्ये भिडी तपसिलको जग्गा सर्भे नापीमा बाबुकै नाममा नाप नक्सा भएकोमा बाबु राम बहादुरको २०३६ सालमा, निजकी पत्नी हाम्री आमा कयोनानीको ०५४।०१।०२ मा परलोक भएको निजका सात भाइ छोराहरू भएकोमा मदन बहादुर, पुरुषोत्तम बहादुर, विष्णु बहादुर, योगेश्वर बहादुर, दिपेन्द्र बहादुर, लक्ष्मण बहादुर र शैलेन्द्र बहादुर श्रेष्ठ भएकोमा मदन बहादुर र पुरुषोत्तम बहादुरले अंश भाग बुझिसकेको, विष्णु बहादुरको २०७२।०३।०९ मा परलोक भई हक खाने श्रीमती शोभा लक्ष्मी र शोभित श्रेष्ठ भएकोले उक्त मृतक राम बहादुरका हकदारहरू ६ जनाको नाममा नामसारी छुट जग्गा दर्ता गरी दिँदा कोही कसैको हक हनन् हुन्छ हुँदैन । अनलाइन रोक्का देखिँदैन दर्ता बाँकी सेस्ता देखिन्छ । का.जि. का.म.न.पा. ३२ नं. वडा कार्यालयबाट भोगको सिफारिस प्राप्त भएको मि. नं. १२७/०६४/०६५/०६५/०१/२९ मा मिसिल भिडेको देखिँदा कोही कसैले भिडाएको भए दाबी गर्न आउनुहोला उक्त जग्गा हकदारका नाममा दर्ता, ना. सा. गरी दिँदा सरकारी सार्वजनिक, ऐलानी, पर्ती जग्गालाई असर फरक पर्छ पर्दैन, उल्लिखित हकदार बाहेक अन्य हकदार छन् छैनन् कोही कसैको दाबी भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र प्रमाण सहित हकदाबी गर्न आउनुहोला । हकदाबी गर्न नआए कानून बमोजिम भइजाने व्यहोरा सूचित गरिन्छ ।