Right ClaimLandPublished On: April 23, 2025

भ.पु. जि., भ.न.पा.-६ को हाल ७ बस्ने विश्वराम ख्याजुले मेरो पिता वावुलाल ख्याजुका नाममा नापनक्सा भई दर्ता बाँकी रहेको तपसिल बमोजिमको कित्ता जग्गा साविक लगत मेरो स्व. वाजे न्हुछे राम ख्याजुका नामको १८ नं. माहेश्वरी मौजा रैकर तर्फको सि.नं. १९४ न.नं. ६३८ से १६ || ३ मध्येबाट भिडी दर्ता हुने जग्गा भएकोमा, पिता वावु लालको मिति २०३० सालमा, निजकी पत्नी बुद्दि मायाको मिति २०२७ सालमा मृत्यु भएकोमा, निजहरूको हक खाने हकदारमध्ये नाती ख्याजु, केशव ख्याजु, कृष्ण भक्त ख्याजु, बुद्दि वहादुर ख्याजु, कान्छा ख्याजु, राम प्रसाद ख्याजु, राजु राम ख्याजु, सुकु राम ख्याजु, रितेश ख्याजु जना ९ को मञ्जुरीले मेरा नाउँमा एकलौटी दर्ता / ना. सा. गरिपाऊँ भनी माग निवेदन गरेको, १ नं. मोही लगत, २ नं. अनुसूची र ७ नं. फाँटवारी रेकर्डबाट फेला नपरेको भनी भू.सु. फाँटबाट | लेखि आएको, न्हुछे राम ख्याजु र न्हुछे नारा ख्याजु फरक व्यक्ति नभई एकै व्यक्ति भएको, त्यस्तै वावु लाल ख्याजु र बावु लाल व्याजु फरक व्यक्ति नभई एकै व्यक्ति हो भनी सम्बन्धित वडा कार्यालयबाट सिफारिस भई आएको देखिँदा | यसमा निवेदक बाहेक अन्य कसैको हक लाग्ने भए वा माग बमोजिम हुनुनपर्ने कुनै मनासिव कारण भए वा अन्यत्र | कसैले कुनै कारबाही चलाएको भए वा सरकारी, सार्वजनिक, सामुदायिक, गुठी, व्यक्तिगत लगायत अन्य जग्गा तथा संरचनालाई प्रतिकूल असर पर्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण हकदाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भइजाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।