भ.पु. जि., भ.न.पा. - ६ को हाल ७ बस्ने रितेश ख्याजुले मेरो बाजे न्हुछे लाल ख्याजुका नाममा नापनक्सा भई दर्ता बाँकी रहेको तपसिल बमोजिमको कित्ता जग्गा साविक लगत स्व. जिजु वाजे न्हुछे राम ख्याजुका नामको १८ नं. माहेश्वरी मौजा रैकर तर्फको सि.नं. १९४ न.नं. ६३८ रो. १६ || ३ मध्येबाट भिडी दर्ता हुने जग्गा भएकोमा, दर्तावाला बाजे न्हुछे लालको २०३९ / १२ / १८ मा, निजकी जेठी पत्नी माया देवीको मिति २०१८ सालमा कान्छी पत्नी कान्छी ख्याजुको २०६७/०२/२२ मा निःसन्तान अवस्थामा मृत्यु भएको, जेठी पत्नी तर्फका छोरा राम भक्त ख्याजुको २०७८/०४/११ मा, निजकी पत्नी कृष्ण मायाको २०७०/०२/२५ मा मृत्यु भई हक खाने छोराहरू राम प्रसाद, राजु राम, रितेश ख्याजु जना ३ भएकोमा हकदारहरू नाति ख्याजु, केशब, कृष्ण भक्त, बुद्दि वहादुर, कान्छा ख्याजु, राम प्रसाद, राजु राम, सुकुराम विश्वराम ख्याज समेत जना ९ को मञ्जुरीले मेरा नाउँमा एकलौटी दर्ता/ना.सा. गरिपाऊँ भनी माग निवेदन गरेको, १ नं. मोही लगत पेश गरेको, ७ नं. फाँटवारी रेकर्डबाट फेला नपरेको भनी भू.सु. फाँटबाट लेखि आएको देखिँदा यसमा निवेदक बाहेक अन्य कसैको हक लाग्ने भए वा माग बमोजिम हुनुनपर्ने कुनै मनासिव कारण भए वा | अन्यत्र कसैले कुनै कारबाही चलाएको भए वा सरकारी, सार्वजनिक, सामुदायिक, गुठी, व्यक्तिगत लगायत अन्य जग्गा तथा संरचनालाई प्रतिकूल असर पर्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण हकदाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भइजाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।