Right ClaimLandPublished On: April 23, 2025

यसमा भ. पु. जि. भ.न.पा. वडा नं. १० बाट हाल २ बस्ने आस बहादुर कोजुले मेरो पिता आस लाल कोजुको नाममा नाप नक्सा भई दर्ता बाँकी रहेको तपसिलमा उल्लिखित कित्ता जग्गाहरू रैकरतर्फ मौजे ३३ नं. ईन्द्रायणी सि.नं. २०८ । ३४६ न.नं. ५७ क्षे.फ. रो. १ ।।। मध्येबाट भिड्ने आसलाल कोजु ब्यासीबाट लगत भिड्ने जग्गाहरू | भएकोमा निज दर्तावाला पिता आसलाल कोजुको मिति २०४०।११।२० गते, निजकी एक मात्र श्रीमती मेरी आमा कान्छीमाया कोजुको मिति २०२८ सालमा आ- आफ्नो कालगतिले परलोक भई निजहरूको शेषपछि हक खाने | हकदार छोराहरूमा म निवेदक आस बहादुर कोजु ...१ र मेरो दाजु चन्द्र कोजु ...१ समेत गरी जना दुई बाहेक | अन्य कोही हकदार नभएकोमा निज दाजु चन्द्र कोजुको मिति २०७०।११।१० गते र निजकी श्रीमती मेरी भाउजू कृष्णमाया कोजुको मिति २०७५।०३।०३ गते आ- आफ्नो कालगतिले परलोक भई निजहरूको शेषपछि हक खाने हकदार छोराहरू चन्द्रलाल कोजु -- १ र सानु कोजु १ समेत जना दुई बाहेक अन्य कोही हकदार नभएकोमा यस कार्यालयको द.नं. १०२५८ मिति २०८१।११।०४ मा चन्द्रलाल कोजु र सानु कोजुले मञ्जुरी निवेदन पेश गरी सही सनाखत समेत गरी दिए अनुसार उक्त तपसिलमा उल्लिखित कित्ता निवेदकको हकभोग बाहेक अरू कसैको | हकदाबी छ/छैन निवेदकको माग बमोजिम छुट दर्ता नामसारी गरिदिँदा अन्य कसैको हकभोग, स्वामित्वमा असर | पर्न जाने हो या होइन कसैले उल्लिखित कित्ता जग्गाहरूको हकमा दर्ता नामसारीका लागि यस पूर्व मिसिल भिडाई दर्ता प्रक्रियामा रहेको / भएको भए तथा अन्य कसैको हकदाबी भए वा निजका नाममा दर्ता नामसारी हुन नपर्ने कुनै | मनासिव कारण भए सो समेत सम्पूर्ण व्यहोरा खुल्ने गरी हकदाबी सम्बन्धी गोरखापत्रमा सूचना प्रकाशित भएको | मितिले ३५ दिनभित्र आफ्नै दाबी प्रमाण पुग्ने कागजात सहित दाबी विरोध गर्नुहोला अन्यथा नियमानुसार दर्ता नामसारी भइजाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।