Right ClaimLandPublished On: April 23, 2025

प्रस्तुत विषयमा यस गोदावरी नगरपालिका वडा नं. १२ नकली महर्जनको ससुरा हिरालाल महर्जन भन्ने हेरालाल महर्जनको नाममा २०२१ सालको नापी बखत तपसिलका कित्ता जग्गा सर्भे नापनक्सा भई तांहा कार्यालयमा मोठ सेस्ता कायम भई दर्ता प्रमाणित गर्न बाँकी छुट जग्गा नकली महर्जनका नाममा दर्ता नामसारी गरिदिनुहुन भनी गोदावरी नगरपालिका १२ नं. वडा कार्यालयको च.नं. ७८६ मिति २०८१ / ७ / २५ गतेको सिफारिस सहित साविक ठेचो मौजा ठेली नं. ८/१०७५ घं लाल महर्जनका नामको लगत भिडाई संयुक्त जग्गा दर्ता नामसारी गरिपाऊँ भन्ने समेत व्यहोरा खुलाई यस कार्यालयमा द.नं. ७३३६ मिति २०८१ / ७ / २७ मा नकली महर्जनको नाममा एकलौटी | दर्ता नामसारी गरिपाऊँ भनी निवेदन मागदाबी रहेकोमा सो जग्गामा निज निवेदकको हकभोग रहेको छ/छैन ? उक्त कित्ता जग्गा दर्ता नामसारी गर्न यी निवेदक बाहेक अन्य हकदार छन् / छैनन् ? उक्त जग्गामा यी निवेदक बाहेक अरू कसैको हकदाबी छ, छैन ? निवेदकको माग बमोजिम दर्ता नामसारी गरिदिँदा अन्य कसैको हकभोग स्वामित्वमा असर पर्न जाने हो वा होइन ? कसैले उल्लिखित कित्ता जग्गाको हकमा दर्ता नामसारीका लागि यसपूर्व मिसिल भिडाई दर्ता प्रक्रियामा रहेको / भएको भए तथा अन्य कसैको हकदाबी भए वा निजहरूका नाममा दर्ता नामसारी हुनुनपर्ने कुनै मनासिव कारण भए सोको समेत सम्पूर्ण व्यहोरा खुल्ने गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र सम्पूर्ण प्रमाण सहित हकदाबी गर्न आउनुहोला ।