Right ClaimLandPublished On: April 23, 2025

ललितपुर महानगरपालिका वडा नं. ६ बस्ने आनन्द ज्योति शाक्यकी बुहारी, सानु काजी शाक्यकी सासूआमा तथा बज्यै असल मायाँ भन्ने नानीमायाँ शाक्य र आनन्द ज्योति शाक्यका नाममा नापनक्सा भएको तपसिल अनुसारको दर्ता बाँकी जग्गा जेठी बुहारी इन्द्र शोभा शाक्य छोरा शान्त काजी शाक्य, कान्छा काजी शाक्य र लक्ष्मी देवी शाक्य मात्र भएकोले निजहरूको संयुक्त नाममा दर्ता नामसारी प्रक्रिया अघि बढाइदिनुहुन सिफारिस साथ अनुरोध गरिन्छ | भनी ललितपुर महानगरपालिका ६ नं. वडा कार्यालयको च.नं. ४४६ मिति २०८१ / ९ / २२ को सिफारिस सहित साविक सानागाउँ ठेली नं. २२ / ७१७ मा भएको आनन्द जोति शाकेका नामको लगत भिडाई जग्गा दर्ता गरिपाऊँ भनी द.नं. ८८९ मिति २०८१ / ४ / १४ मा नाममा संयुक्त दर्ता नामसारी गरिपाऊँ भनी लक्ष्मी देवी शाक्य समेतको निवेदन मागदाबी | रहेकोमा सो जग्गामा निज निवेदकको हकभोग रहेको छ/छैन, उक्त कित्ता जग्गा दर्ता नामसारी गर्न यी निवेदक बाहेक अन्य हकदार छन्, छैनन् ? उक्त जग्गामा यी निवेदक बाहेक अरू कसैको हकदाबी छ, छैन ? निवेदकको माग | बमोजिम दर्ता नामसारी गरिदिँदा अन्य कसैको हकभोग स्वामित्वमा असर पर्न जाने हो वा होइन ? कसैले उल्लिखित कित्ता जग्गाको हकमा दर्ता नामसारीका लागि यसपूर्व मिसिल भिडाई दर्ता प्रक्रियामा रहेको / भएको भए तथा अन्य कसैको हकदाबी भए वा निजहरूका नाममा दर्ता नामसारी हुनुनपर्ने कुनै मनासिव कारण भए सो समेत सम्पूर्ण व्यहोरा खुल्ने गरी हकदाबी सम्बन्धी गोरखापत्र राष्ट्रिय दैनिकमा ३५ दिनभित्र सम्पूर्ण प्रमाण सहित हकदाबी गर्न आउनुहोला । |