यसमा काठमाडौँ जिल्ला, का.म.न.पा. वडा नं. २३ झोछेको हाल ऐ. ऐ. वडा नं. २१ भोटेबहाल बस्ने प्रेमरत्न शाक्य |समेतले हाम्री हजुर आमा तथा सासू बज्यै पुनमाया बडेनीको नाममा नाप नक्सा भई दर्ता बाँकी रहेको तपसिल अनुसारको जग्गा पुनमाया शाक्य भिक्षुनीको नामको मौजा कालीमाटी हा नं. ६२४ को खला लेलेख्वाट मध्येबाट लगत भिडाई दर्ता हुने हुँदा लगतवाला हजुर आमा पुनमाया शाक्यको मिति २०२८ सालमा, निजको पति ज्ञानवीर शाक्यको पहिले नै आ- आफ्नो कालगतिले परलोक हुनु भई निजहरूको हक खाने हकदार छोरा हिरारत्न शाक्य हुनुभएकोमा निजको मिति २०४६।१।२३ मा, निजका दुई श्रीमतीमध्ये जेठी श्रीमती र कान्छी श्रीमती क्रमशः मोहनमाया शाक्य र चन्द्रकुमारी | शाक्यको मिति २०५८ | ८२६ र २०४६।७।२० मा आ- आफ्नो कालगतिले परलोक हुनु भई निजहरूको हकदार छोराहरू प्रेमरत्न शाक्य १, कान्छा रत्न शाक्य १, प्रदिपरत्न शाक्य १, मचाराजा शाक्य १ समेत जना ४ भएकोमा प्रदिपरत्न | शाक्यको मिति २०५५।३।२२ मा परलोक हुनु भएकोले निजकी हकदार श्रीमती विद्या शाक्य १ छोराहरू राजु शाक्य १, दिनेश शाक्य १ समेत जना ३ मात्र भएको हुँदा नाता प्रमाणित प्रमाण पत्रमा उल्लिखित हकदारहरूका नाममा छुट जग्गा दर्ता ना.सा. गरी ज.ध. प्रमाण पुर्जा पाऊँ भनी द.नं. १४८८१ मिति २०८११२।१६ को माग निवेदन दाबी गरेको हुँदा निवेदकहरूको माग दाबी बमोजिम दर्ता/ना. सा. गरी दिँदा अन्य कोही कसैलाई फरक पर्छ पर्दैन, अन्य कसैको हकलाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण सहित हकदाबी गर्न आउनुहोला अन्यथा कानून बमोजिम | भइजाने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।