भ. जि. सिरुटार- २ को हाल सु.न.पा. - १ बस्ने तुईल कृष्ण कायस्ठले मेरो पिता लक्ष्मी लाल कायस्ठका नाउँमा नाप नक्सा भई दर्ता बाँकी रहेको तपसिल बमोजिमको कित्ता जग्गा भएकोमा दर्तावाला लक्ष्मी लाल कायस्थको मिति २०३४।०४।०१ मा निजकी पत्नी गुणकेशरी कायस्थको २०४७।०१।२९ मा मृत्यु भई हक खाने छोराहरू लक्ष्मी कृष्ण कायस्थ, राज कृष्ण कायस्थ र तुईल कृष्ण कायस्ठ जना ३ भएकोमा, लक्ष्मी कृष्ण कायस्थ र राज कृष्ण कायस्थको मञ्जुरीले मेरो नाउँमा एकलौटी दर्ता/ना.सा. गरिपाऊँ भनी तुईल कृष्ण कायस्ठले माग निवेदन गरेको, १ नं. मोही लगत, २ नं. अनुसूची र ७ नं. फाँटबारी रेकर्डबाट फेला नपरेको भनी भू.सु. फाँट भक्तपुरबाट लेखि आएको, दधिकोट वडा नं. ८ /ख कि.नं. १३५९ ज.ध. लक्ष्मी लाल कायस्ठ दर्ता बाँकी मोठ कायम छ भनी मोठ भिडी आएको देखिँदा यसमा निवेदक बाहेक अन्य कसैको हक लाग्ने भए वा माग बमोजिम हुनु नपर्ने कुनै मनासिव कारण भए वा अन्यत्र कसैले कुनै कारबाही चलाएको भए वा सरकारी, सार्वजनिक, सामुदायिक, गुठी, निजी गुठी लगायत व्यक्तिगत तथा अन्य जग्गा तथा संरचनालाई असर पर्ने भए यो सूचना प्रकाशित मितिले ३५ दिनभित्र स-प्रमाण हकदाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भइजाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।