ससुरा बेखालाल महर्जन भन्ने बेखलाल ज्यापुको नाममा मालपोत कार्यालय, ललितपुरमा स्रेस्ता कायम भएको तपसिलको कित्ता जग्गा मृत्युपछि हक खाने हकदारमा लक्ष्मी महर्जन, छोरा सुजन महर्जन समेतको मंजुरीमा दश थकु महर्जनको नाममा छुट जग्गा दर्ता तथा नामसारी गरी दिनुहुन भनी ललितपुर महानगरपालिका ८ नं. वडा कार्यालयको च.नं. ७१ मिति २०८१ / ४ / १४ को सिफारिस सहित जनमंगल रैप २१ / ५ बेखलाल ज्यापुका नामको लगत भिडाई जग्गा एकलौटी दर्ता नामसारी गरिपाऊँ भनी द. न. १०६२ मिति २०८१ / ४ / १६ मा दश थकु महर्जनको निवेदन मागदाबी रहेकोमा सो जग्गामा निज निवेदकको हकभोग रहेको छ/छैन, उक्त कित्ता जग्गा दर्ता नामसारी गर्न यी निवेदक बाहेक अन्य हकदार छन्, छैनन् ? उक्त जग्गामा यी निवेदक बाहेक अरू कसैको हकदाबी छ, छैन ? निवेदकको माग बमोजिम दर्ता नामसारी गरिदिँदा अन्य कसैको हकभोग स्वामित्वमा असर पर्न जाने हो वा होइन ? कसैले उल्लिखित कित्ता जग्गाको हकमा दर्ता नामसारीका लागि यसपूर्व मिसिल भिडाई दर्ता प्रक्रियामा रहेको / भएको भए तथा अन्य कसैको हकदाबी भए वा निजहरूका नाममा दर्ता नामसारी हुनुनपर्ने कुनै मनासिव कारण भए सो समेत सम्पूर्ण व्यहोरा खुल्ने गरी हकदाबी सम्बन्धी गोरखापत्र राष्ट्रिय दैनिकमा ३५ दिनभित्र सम्पूर्ण प्रमाण सहित हकदाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम छुट जग्गा दर्ता नामसारी भइजाने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।