Loan Payment NoticeLandPublished On: April 27, 2025

तपसिलमा उल्लेखित ऋणीहरुले यस बैकबाट लिएको ऋणकर्जाको समय समयमा तिर्नु बुझाउन पर्ने साँवा, व्याज, आदि नतिरी नबुझाई ऋणकर्जा सम्बन्धी शर्त बन्देज उल्लंघन गर्नुभएको तथा पटक पटक लिखित एवं मौखिक तरताकेता गर्दा समेत ऋणकर्जा चुक्ता भुक्तान गर्नु नभएकोले यो सुचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र धनी बैंकमा सम्पर्क राखि लिएको ऋणकर्जाको सम्पूर्ण साँवा, ब्याज, दस्तुर आदि चुक्ता भुक्तान गर्नु होला अन्यथा ऐन कानुन तथा ऋणी र बैकीच भएको लिखत अनुसार कारवाही गरी कालोसुचीमा राखि बैंकको लेना असुल उपर गरिने छ । साथै धितो तथा व्यक्तिगत जमानी दिनुहुने महानुभावहरुलाई समेतले यसै सुचनाबाट जानकारी लिनुहुन अनुरोध गरेका छौं ।