यसमा काठमाडौँ जिल्ला, चन्द्रागिरि न.पा. वडा नं. ९ बस्ने लक्ष्मीदास श्रेष्ठ समेतले हाम्रो पिता तथा पति लक्ष्मण श्रेष्ठको नाममा साविक सर्भे नापीको समयमा नाप नक्सा भई दर्ता बाँकी स्रेस्ता कायम रहेको तपसिल अनुसारको | जग्गा मौजा मच्छेगाउँ रै.नं. २०० को लगत भिडाई दर्ता हुने हुँदा पति तथा पिता लक्ष्मण श्रेष्ठको मिति २०६६।५।२८ मा मृत्यु भई निजका हकदारहरूमा श्रीमती कृष्णमाया श्रेष्ठ र छोरा लक्ष्मीदास श्रेष्ठ मात्र भएको हुँदा उक्त जग्गा हाम्रा | नाममा दर्ता नामसारी गरिपाऊँ भनी द.नं. १३९६७ मिति २०६१।१२।१० को माग निवेदन दाबी गरेको हुँदा निवेदकको | माग दाबी बमोजिम दर्ता / ना. सा. गरिदिँदा अन्य कोही कसैलाई फरक पर्छ पर्दैन, अन्य कसैको हक लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण सहित हकदाबी गर्न आउनुहोला अन्यथा कानून बमोजिम भइजाने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।