यसमा भक्तपुर जिल्ला, मध्यपुर थिमि नगरपालिका ९ बस्ने दुर्गालाल श्रेष्ठले दिएको निवेदन अनुसार निवेदकको बाजे बाबुलाल बाशुका नाममा सर्भे नापीका समयमा नापनक्सा भई निजका नाममा अप्रमाणित स्रेस्ता कायम रहेको साविक लगत मौजा बोडे रै. नं. ४३३ / ४११ बाट भिडी दर्तासम्म हुन बाँकी रहेको तपसिलको जग्गा ज.ध. बाबुलाल बाशु र निजकी पत्नी वुरीमाया श्रेष्ठ २०३२ साल अगावै आ- आफ्नै कालगतिले मृत्यु भई शेष पछिका हकदारमा मृतकका छोराहरू रत्नलाल बाशु श्रेष्ठ - १, कृष्णलाल बाशु श्रेष्ठ - १, जोगलाल श्रेष्ठ- १, पुर्णलाल बाशु श्रेष्ठ-१ र ज्ञानलाल श्रेष्ठ - १ समेत ५ भएकोमा रत्नलाल बाशु श्रेष्ठको मिति २०४३ । २।१४ मा र निजकी श्रीमती नानीमाया बासु श्रेष्ठको मिति २०७८ | १० | २१ मा परलोक भई शेष पछिका हकदारमा छोराहरू रत्नकाजी बाशु श्रेष्ठ- १, माहिला वासु श्रेष्ठ- १, बाबु काजी बासु श्रेष्ठ- १, राजकुमार बाशु श्रेष्ठ- १, मचाकाजी बाशु श्रेष्ठ - १ समेत जना ५ भएको, माहिलो छोरा जोगलाल श्रेष्ठ २०५६।११।१५ मा परलोक भएको, निजको शेष पछिका हकदारमा पत्नी मोतिमाया श्रेष्ठ-१, छोराहरू दुर्गालाल श्रेष्ठ -१, बुद्धिलाल श्रेष्ठ - १, ईश्वरलाल श्रेष्ठ - १, सर्जलाल श्रेष्ठ- १ समेत जना ५ भएको, पुर्णलाल बाशु श्रेष्ठ २०७१।०१।१३ मा र निजकी पत्नी गणेशमाया बाशु श्रेष्ठ २०८१।०३।०३ मा मृत्यु भई निजहरूका शेष पछिका हकदारमा छोरा सुजित बाशु श्रेष्ठ - १, विवाहित छोरी लक्ष्मी राजबाहक - १ गरी जना २, ज्ञानलाल श्रेष्ठको मिति २०७८/०७/१२ मा मृत्यु भएको, निजको शेष पछिका हकदारमा १ मात्र पत्नी भक्तिमाया श्रेष्ठ - १ छोराहरू धिरेन्द्र श्रेष्ठ - १, अमिर श्रेष्ठ- १ समेत जना ३ र कृष्णलाल बाशु श्रेष्ठ २०८१।०४।२२ मा परलोक भई शेष पछिका हकदारमा पत्नी विष्णुमाया बाशु श्रेष्ठ - १ छोरी कृष्णमाया श्रेष्ठ- १ भएकोमा निज पत्नी विष्णुमाया बाशु श्रेष्ठसँग मृतक पति कृष्णलाल बाशु श्रेष्ठले मिति २०७३।१२।२४ मा सम्बन्ध विच्छेद गरेकाले हक खाने हकदार १ मात्र छोरी कृष्ण माया श्रेष्ठ रहेकोले हामीहरूका बाजे ससुरा बाबुलाल बाशुको हक खाने जम्मा जना १७ ले छुट दर्ता सहित नामसारीका लागि निवेदन माग गरेको हुँदा निवेदकहरू बाहेक अरू हकदार भए वा माग बमोजिम दर्ता ना.सा. गर्न नमिल्ने कुनै कारण भए वा उक्त जग्गा छुट जग्गा दर्ताका लागि यसअघि अरू कसैले निवेदन माग गरेको भए यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ३५ दिनभित्र स-प्रमाण दाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भइजानेछ |