Right ClaimLandPublished On: April 29, 2025

भ.पु. जि. बालकुमारी ६ को हाल म थि.न.पा. ४ बस्ने कृष्ण मानन्धरले मेरो बाजे बु लाल मानन्धरका नामको साविक लगत ७ नं. चित्रपुर मौजा रै. प. तर्फको सि.नं. ८५ न.नं. १३६१ रो || १ बाट भिडी दर्ता हुने तपसिल बमोजिमको कित्ता जग्गा निजकै नाममा नापनक्सा भई दर्ता बाँकी जग्गा भएकोमा, साविक दर्तावाला ब् लाल मानन्धरको मिति २०३५ सालमा, निजकी पत्नी पुतली मानन्धरको २०६०/०५/२१ मा मृत्यु भई हक खाने छोराहरू बुद्दी लाल मानन्धर, अष्ट लाल मानन्धर र रत्न लाल मानन्धर जना ३ भएकोमा बुद्दि लालको २०७० / ०९ / २७ मा अविवाहित अवस्थामा परलोक भएको, त्यस्तै अष्ट लालको २०४० / १२ / ०४ मा निजकी पत्नी आशा मायाको मिति २०५६ / ०६ / ०७ मा मृत्यु भई हक खाने छोराहरू कृष्ण मानन्धर, धर्म लाल मानन्धर, अखण्ड लाल मानन्धर भएको, त्यस्तै रत्न लालको २०८० / ०१/ ०३ मा मृत्यु भई हक खाने पत्नी शंखर माया मानन्धर छोरा, रमेश मानन्धर समेत जम्मा हकदार ५ भए तापनि हकदार शंखर माया, रमेश, धर्म लाल, अखण्ड लाल मानन्धर समेत जना ४ को मञ्जुरीले मेरो नाउँमा एकलौटी दर्ता / ना.सा. गरिपाऊँ भनी निवेदक कृष्ण मानन्धरले माग निवेदन गरेको । दधिकोट वडा नं. ८ /ख कि.नं. ११३६ को मोही पूर्ण लाल राजठेउला ज.ध. महल खाली, दर्ता बाँकी सेस्ता कायम, मि.नं. ६९ / ०६९/७० श्याम कृष्ण राजठेउला भिडेको भनी मोठ फाँटबाट लेखि आएको, १ नं. मोही लगत पेश गरेको, २ नं. अनुसूची र ७ नं. फाँटवारी रेकर्डबाट फेला नपरेको भनी लेखिआएको, सक्कल फिल्डबुकमा कित्ताको महल अत्यन्त जीर्ण भई कित्ता नं., क्षे.फ. ज.ध. का नाम एवं कैफियत समेत कुनै व्यहोरा नबुझिने अवस्थामा रहेको भनी च.नं. १४०९ मिति २०८१/१२/०४ को नापी कार्यालय भ.पु.को पत्र प्राप्त भएको देखिँदा यसमा निवेदक बाहेक अन्य कसैको हक लाग्ने भए वा माग बमोजिम हुनुनपर्ने कुनै | मनासिव कारण भए वा अन्यत्र कसैले कुनै कारबाही चलाएको भए वा सरकारी, सार्वजनिक, सामुदायिक, गुठी, व्यक्तिगत लगायत अन्य जग्गा तथा संरचनालाई प्रतिकूल असर पर्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण हकदाबी गर्न आउनुहोला। अन्यथा कानून बमोजिम भइजाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।