काठमाडौँ जिल्ला, का.म.पा. वडा नं. ३१ (साबिक का.म.पा. २९) बस्ने जगदीश प्रसाद शर्मा अधिकारी समेतले पिता अम्बिका प्रसाद उपाध्यायको नाममा नापनक्सा भई निज नापीवालाकै नाममा हालसम्मै दर्ता बाँकी स्रेस्ता कायम रहेको तपसिलमा उल्लिखित जग्गा दर्ता नहुँदै नापीवाला अम्बिका प्रसाद उपाध्याय अधिकारीको मिति २०५१।२।१८ मा र निजकी पत्नी लोक लक्ष्मी उपाध्याय अधिकारीको मिति २०६३।११।१९ मा मृत्यु भई हकदारमा छोराहरू जगदीश प्रसाद शर्मा अधिकारी - १ र महेश प्रसाद अधिकारी - १ समेत जना २ भई तपसिल बमोजिमको जग्गा साबिक मौजा साँखु रै. नं. ३२९ लक्ष्मी उपाध्यायको नामको लगत भिडी हामी हकदारहरूको नाउँमा दर्ता / नामसारी गरिपाऊँ भनी माग निवेदन गरेको साथै ज.ध. को नाम कतै अम्बिका प्रसाद अधिकारी र कतै अम्बिका प्रसाद उपाध्याय अधिकारी भएको उल्लिखित व्यक्ति फरक फरक नभई एकै भएको भनी का.म.न.पा. वडा नं. ३१ को च.नं. ३८८१ मिति २०६१।२।२ को सिफारिस प्राप्त भएको साथै उल्लिखित नाम, थर भएको व्यक्ति फरक फरक भए वा उक्त जग्गामा अन्य हकदार कोही भए वा निवेदकको हक नलाग्ने कुनै कारण भए वा अन्य कसैको हक लाग्ने भए वा सरकारी, ऐलानी, पर्ती, बिर्ता, गुठी अधीनस्थ इत्यादि कुनै प्रकृतिको जग्गा भए वा अन्य कसैले कुनै कारबाही चलाएको भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र आफूसँग भएको प्रमाण सहित मा.पो.का. साँखुमा स-प्रमाण दाबी गर्न/सूचना गर्न आउनुहोला । तोकिएको म्यादभित्र कोही कसैको दाबी विरोध नपरे निवेदकको माग दाबीलाई स्वीकार गरेको मानी कानून बमोजिम जग्गा दर्ता नामसारी समेत भई जानेछ र यस विषयमा पछि कसैको दबी नलाग्ने व्यहोरा सम्बन्धित सबैका लागि सूचित गरिन्छ ।
