Right ClaimLandPublished On: April 29, 2025

काठमाडौँ जिल्ला, का.म.न.पा. वडा नं. २६ बस्ने कृष्णमान प्रधान समेतको साधारण वारेस शान्ता डंगोलले निवेदकको पिता डिल्लीमान प्रधानको नाममा साविक सर्भे नापीको समयमा नाप नक्सा भई दर्ता बाँकी रहेको अवस्थामा ज.ध. डिल्लीमान प्रधानको २०३५।०३।१८ मा आमा दुर्गा प्रभा प्रधानको २०८१।०६।२६ मा आ-आफ्नै कालगतिले परलोक भएकोले मृतक ज.ध. को शेष पछिको नजिकका हकदारमा हामी निवेदक छोराहरू कृष्णमान प्रधान-१ र उज्वल प्रधान - १ मात्र भएको हुँदा तपसिलमा उल्लिखित जग्गा बाबु डिल्लीमानको नामको | मौजा काठमाडौँ रैनं १८०२ भिडी दर्ता हुने जग्गा भएकोले दर्ता / ना.सा. समेत गरी पाऊँ भनी माग निवेदन गर्नुभएको हुँदा उक्त जग्गा सरकारी, सार्वजनिक, गुठी, ऐलानी, पर्ती वा अन्य कसैको हक लाग्ने हो/होइन ? वा माग बमोजिम दर्ता/ना. सा. हुनु नपर्ने भए वा निवेदक बाहेक अन्य हकदार भए यो सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र स-प्रमाण दाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भई जानेछ ।
पुनश्चः उल्लिखित सबै कित्ता जग्गामा कृष्णमान प्रधान समेतको छुट जग्गा दर्ता भिडेको २०७०।०३।१९ मा सबै | कित्ता जग्गामा रामेश्वर भक्त प्रधानको हकदाबी मिसिल भिडेको, कि.नं ५१, ५३, ५६ मा मि. नं १५३ / ०५२-५३ मिना कुमारी फुयाल्नी भिडेको, कि.नं ५२ मा मि.नं. २०३ / ०६६/६७ राजाराम पलेल भिडेको देखिँदा उल्लिखित | मिसिल कोही कसैले भिडाई कारबाहीमा रहेको भए समेत स-प्रमाण दाबी गर्नुहुन ।