Right ClaimLandPublished On: April 30, 2025

काठमाडौँ जिल्ला, कागेश्वरी मनोहरा न.पा. वडा नं. ४ (साविक डाँछी- १) बस्ने ईश्वर पण्डितले पिता ठाकुर ध्वज भन्ने ठक्कर ध्वज पण्डितको नाममा सर्भे नापी भई दर्ता हुन मात्र बाँकी भएको तपसिलमा उल्लिखित जग्गाको ज.ध. निज पिता ठाकुर ध्वज भन्ने ठक्कर ध्वज पण्डितको मिति २०६९/०२/०५ मा र निजका एक मात्र श्रीमती झलक कुमारी पण्डितको मिति २०८०।०४।३१ मा आ- आफ्नै कालगतिले स्वर्गीय हुनु भई निजहरूको तर्फबाट हक खाने हकदारमा म ईश्वर पण्डित - १ मात्र भएको अन्य हकदारहरू कोही नभएको र उल्लिखित जग्गा पिता जिवित छउन्जेल पिताले र निज पिता परलोक पश्चात म निवेदकले नै जोत भोग गरी आएको हुँदा तपसिलमा उल्लिखित जग्गा निज पिता ठाकुर ध्वज भन्ने ठक्करध्वज पण्डितको नामबाट म हकदार इश्वर पण्डित - १ को नाममा चाँगु हा.नं./रै.नं. २७४८ नं. भिडी छुट जग्गा दर्ता/ नामसारी गरिपाऊँ भनी माग निवेदन गरेको । साथै उक्त जग्गामा अन्य हकदार कोही भए वा निवेदकहरूको हक नलाग्ने कुनै कारण भए वा अन्य कसैको हक लाग्ने भए वा उक्त | सरकारी, ऐलानी, पर्ती, गुठी अधीनस्थ इत्यादि कुनै प्रकृतिको जग्गा भए वा अन्य कसैले कुनै कारबाही चलाएको भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र आफूसँग भएको प्रमाण सहित मालपोत कार्यालय साँखुमा स-प्रमाण दाबी गर्न आउनुहोला / सूचना गर्न आउनुहोला । तोकिएको म्यादभित्र कोही कसैको दाबी विरोध नपरे निवेदकको माग दाबीलाई स्वीकार गरेको मानी कानून बमोजिम जग्गा दर्ता नामसारी समेत भई जानेछ र यस विषयमा पछि कसैको दाबी नलाग्ने व्यहोरा सम्बन्धित सबैका लागि सूचित गरिन्छ ।