Right ClaimLandPublished On: April 30, 2025

यसमा ललितपुर महानगरपालिका वडा नं. २० बस्ने तुलसी लक्ष्मी शाक्यले मेरा बाजे पुर्ण लाल शाक्यको नाममा | सर्भे नापीको बखत नाप नक्सा भई दर्ता बाँकी रहेको पाटन, रैकर ठे.नं. ४/२७०९ / १०३ पुन्यराम शाक्य र धर्म राज शाक्यको नाममा साबिक लगत रहेको तपसिलका जग्गा दर्तावाला पुर्ण लाल शाक्यको मिति २०२५ मा र निजकी श्रीमती कान्छी शाक्यको मिति २०१८ मा मृत्यु भएको र निजहरूको तर्फबाट हकदारमा एक मात्र छोरा बाबुकाजी शाक्य भएको र निजकी एक मात्र श्रीमती मसिन शाक्य भएकोमा निजहरूको पनि मिति २०३५२२०३२ मा मृत्यु भएकोले हकदारमा छोरा रत्न विर शाक्य र छोरी तुलसी लक्ष्मी शाक्य समेत २ जना भएकोमा छोरा रत्न विर शाक्यको मिति २०५१।०९।२४ मा मृत्यु भएको र निजकी श्रीमती शारदा शाक्य अन्यन्त्र विवाह गरी गएकोमा हालको जिवित हकदार म निवेदक विवाहित छोरी तुलसी लक्ष्मी शाक्य नाममा दर्ता नामसारीको सम्बन्धमा ललितपुर महानगरपालिका २० नं. वडा कार्यालयको च.नं. १२१० मिति २०८२ १०४ को किटानी सिफारिस संलग्न गरी द.नं. १८११८ मिति २०८२ १५ मा माग निवेदन मागदाबी रहेकोले सो दर्ता ना.सा. सम्बन्धमा निवेदक़ बाहेक उल्लिखित जग्गामा अन्य कसैको हकदाबी भए वा दर्ता माग गरेको जग्गा निवेदकका नाममा दर्ता नामसारी गरी जग्गाधनी प्रमाण पुर्जा दिन नमिल्ने कुनै कारण भए वा कसैले उल्लिखित जग्गाको हकमा दर्ता नामसारीका लागि यस पूर्व मिसिल भिडाई दर्ता प्रक्रियामा रहे/ भएको भए वा उल्लिखित जग्गाको हकभोग स्वामित्वमा असर पर्न जाने भए यो सूचना प्रकाशित / टाँस भएको मितिले बाटोको म्याद बाहेक ३५ (पैंतीस) दिनभित्र यस कार्यालयमा स- प्रमाण दाबी / सूचना गर्न आउनुहोला । तोकिएको म्यादभित्र कोही कसैको दाबी विरोध नपरे निवेदकहरूको माग दाबीलाई स्वीकार गरेको मानी कानून बमोजिम जग्गा दर्ता नामसारी समेत भई जानेछ र यस विषयमा पछि कसैको कुनै दाबी नलाग्ने व्यहोरा सम्बन्धित सबैका लागि सूचित गरिन्छ ।