जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. ५ बस्ने तारा शम्सेरको नाती राजु शम्सेरको छोरा आशिक सम्शेर जबरा - १, अमित शम्सेर जबरा-१ को निवेदन माग अनुसार जिल्ला काठमाडौँ, बाडभञ्ज्याङ वडा नं. ६६ख कि.नं. १९ क्षे.फ. १-९-२-० र कि.नं. २९ क्षे.फ. ०९-०-० जग्गा मौजा थानकोट हा. नं. ८ मा देवराज लक्ष्मी राणाका नाममा पाखा चाहार १०० रोपनी लगत कायम देखिन्छ ज.ध. पाउमनवारे ०४१।४।१२ उत्तार भएको |लगत भिडि (७ नं. फाँटबारी फेला नपरेको कि.नं. १९ को २ नं. अनुसूचीको मोहीको नाम थर वतन महलमा फले प्रसाद कोईराला काई बाँडभञ्ज्याङ जोगीडाँडा र कि.नं. १९ मा कटक बहादुर खत्रि काई बाडभञ्ज्याङ जोगीडाँडा आफ्नो वा अरूको महलमा ठेक्का कमाएको सर्त १ पा ४ पै अरुको भए जग्गावालाको नाम थर वतन महलमा देवराज लक्ष्मि राणानीले जाउलाखेल कैफियत महलमा साविक तिरो लेखिएको) हाम्रा हजुर मुमा देवराज्य लक्ष्मीको नाममा देहाय वमोजिम फिल्डबुक विवरण भएको जग्गाको ज.ध. देवराज्य लक्ष्मीको मिति २०४८ | ११ |१४ गते आफ्नै कालगतिले परलोक भएको हुँदा | निज मृतकको हकखाने हकदारमा एक मात्र छोरा राजु शम्सेर ज.ब.रा. को मिति २०८०।०७।०९ मा आफ्नो कालगतीले परलोक भएको, निज मृतकका नजिकका हकखाने हकदारमा पत्नीसँग सम्मानित जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भई सकेको र निजका तर्फबाट जायजन्म भएको जेठो छोरा अमित शम्सेर जबरा - १ र कान्छा छोरा आशिक सम्शेर जबरा - १ गरी जम्मा २ मात्र हकदार भएको अन्य अंशियार कोही पनि नभएकोले उक्त उल्लिखित जग्गा हामीहरू २ जनाको संयुक्त नाउँमा छुट जग्गा दर्ता ना. सा. गरी जग्गाधनी प्रमाण पुर्जा पाऊँ भनी द.नं. १२४४७ मिति २०८१।११।२३ गते निवेदमा माग गरेको उल्लिखित जग्गाको सम्बन्धमा अन्य हकदार कोही भए रहे मालपोत नियमावली २०३६ को नियम ४क (२) बमोजिम ३५ दिने सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र दाबी गर्न आउनुहोला अन्यथा मागदाबी बमोजिम जग्गा दर्ता नामसारी भइजाने व्यहोरा | सर्वसाधारणको जानकारिका निमित्त यो सूचना प्रकाशित गरिएको छ ।