यसमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. २२ बस्ने निरज शाक्य समेतले बाजे / ससुरा बेखारत्न बाँडा समेत २ को नाममा दर्ता बाँकी स्रेस्ता कायम रहेको ललितपुर जिल्ला बुंगमती ४ / क कि.नं. ४७ क्षेत्रफल ०-१५ १-० को दर्तावाला बेखारत्न बाँडाको मिति २०५३/०५/२७ | सालमा र निजको श्रीमती सकलि शाक्यको मिति २०६९।०९।५ सालमा आ- आफ्नै कालगतिले मृत्यु भएको र निजहरूको हकखाने हकदार छोराहरू बुद्धरत्न शाक्य र नेमराज शाक्य गरी २ जना भएकोमा बुद्धरत्न शाक्यको मिति २०७४ / ०६ / ३० मा मृत्यु भई निजको हकखाने हकदारहरूमा एकमात्र पत्नी न्हुक्षमाया शाक्य भएको र अर्को छोरा नेमराज शाक्यको पनि मिति २०६४/०५/०८ मा र निजको श्रीमती मानदेवी शाक्यको मिति २०६९/०३/२१ मा मृत्यु भई निजको हकखाने हकदारहरूमा एकमात्र छोरा निरज शाक्य मात्र भएको अन्य हकदार कोही नभएकोले हाम्रो संयुक्त नाममा माथि उल्लिखित जग्गा दर्ता / नामसारी गरी पाऊँ भनि भूमिसुधार तथा मालपोत कार्यालयको द.नं. १५६६९, मिति २०६१ / ०२ / २६ को माग निवेदन, ललितपुर महानगरपालिका २२ नं. वडा कार्यालयको च.नं. १८६८ मिति २०८१ / ११ / २१ को तीन पुस्ते सहितको किटानी सिफारिस पत्र सहित पेश गरेको देखिँदा यी निवेदक बाहेक अन्य हकदार छन, छैनन ? उक्त जग्गामा यी निवेदक बाहेक अरू कसैको हकदाबी छ, छैन निवेदकको माग बमोजिम दर्ता गरी ना. सा. हुँदा कसैको हकभोग स्वामित्वमा असर पर्न जाने हो वा होइन हक स्वामित्वमा असर पर्न जाने भए यो सूचना प्रकाशित / टाँस भएको मितिले ३५ (पैतिस) दिनभित्र यस कार्यालयमा स-प्रमाण दाबी गर्न आउनुहोला / सूचना गर्न आउनुहोला । तोकिएको म्यादभित्र कोही कसैको दाबी बिरोध नपरे निवेदकको मागदाबीलाई स्वीकार गरेको मानी प्रचलित कानुन बमोजिम भई जानेछ र यस विषयमा पछि कुनै दाबी नलाग्ने व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ ।