Right ClaimLandPublished On: May 2, 2025

यसमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. २२ बस्ने तुयुराज शाक्यले मेरो मावली बाजे लोकमान शाक्यको नाममा दर्ता बाँकी ग्रेस्ता कायम रहेको ललितपुर जिल्ला बुंगमती ३ /ग कि.नं. १४३ क्षेत्रफल १-१-२-० ऐ. ऐ.कि.नं. १४५ क्षेत्रफल ०-९-१-० ऐ. ऐ. कि.नं. १५ क्षे.फ. १-९-२-० को दर्तावाला लोकमान शाक्यको मिति २०३० सालमा र निजको श्रीमती चन्द्रमाया शाक्यको मिति २००३ सालमा अ-आफ्नै कालगतिले मृत्यु भएको र निजहरूको | हकखाने हकदार छोराहरू जायजन्म नभएको । र बिवाहिता छोरीहरू लोकमाया शाक्य र पुन कुमारी शाक्य गरी दुई जना भएकोमा लोकमाया शाक्यको मिति २०४३ / ११ / १२ मा मृत्यु भई निजको हकखाने छोराहरूमा सप्तराज शाक्य भिमराज शाक्य र तुयुराज शाक्य गरी ३ जना मात्र भएको र अर्को छोरी पुन कुमारी शाक्यको पनि मिति २०८१/०१/२३ मा मृत्यु भई निजको हकखाने हकदार छोराहरूमा एकमात्र छोरा बाबुराम शाक्य मात्र भएको अन्य हकदार कोही नभएकोले हाम्रो संयुक्त नाममा माथि उल्लिखित जग्गा दर्ता / नामसारी गरी पाऊँ भनि भूमिसुधार तथा मालपोत कार्यालयको द.नं. १७१८९ मिति २०८० / ०२ / २० को माग निवेदन, ललितपुर महानगरपालिका २२ नं. वडा कार्यालयको च.नं. १५३१ मिति २०८१ / १० / ११ को तीन पुस्ते विवरण सहितको किटानी सिफारिस पत्र सहित पेश गरेको देखिंदा थी निवेदक बाहेक अन्य हकदार छन, छैनन ? उक्त जग्गामा यी निवेदक बाहेक अरू कसैको हकदाबी छ, छैन निवेदकको माग बमोजिम दर्ता गरी ना. सा. हुँदा कसैको हकभोग स्वामित्वमा असर पर्न जाने हो वा होइन हक स्वामित्वमा असर पर्न जाने भए यो सूचना प्रकाशित / टाँस भएको मितिले ३५ (पैतिस) दिनभित्र यस कार्यालयमा स-प्रमाण दाबी गर्न आउनुहोला / सूचना गर्न आउनुहोला । तोकिएको म्यादभित्र कोही कसैको दाबी बिरोध नपरे निवेदकको मागदाबीलाई स्वीकार गरेको मानी प्रचलित कानुन बमोजिम भई जानेछ र यस विषयमा पछि कुनै दाबी नलाग्ने व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ ।