Right ClaimLandPublished On: May 20, 2025

भ.पु. जि. सुडाल - १ को हाल चाँ. न. पा.-८ बस्ने बलराम अधिकारी समेतले हामीहरूको पिता मेघ बहादुर अधिकारीका नाममा नापनक्सा भई दर्ता बाँकी रहेको तपसिल बमोजिमको कित्ता जग्गा साविक लगत हाम्रो बाजे स्व. लाल वहादुर अधिकारीका नामको २४ नं. सुडाल मौंजा रैकर तर्फको सि.नं. १०० न.नं. ५७३ रो. - ३ | ६ || ३ बाट भिड़ी दर्ता हुने जग्गा भएकोमा, दर्तावाला मेघ वहादुर अधिकारीको २०६१ / ११ / ०७ मा निजकी जेठी पत्नी काली मुयाँ अधिकारीको २००७/०३/०७ मा, कान्छी पत्नी नानी मैया अधिकारीको २०७३/०९/१६ मा मृत्यु भई हक | खाने जेठी तर्फका छोरा बलराम अधिकारी, कान्छी तर्फका छोराहरू राम कुमार, श्रीराम, काशी राम अधिकारी | समेत जम्मा हकदार जना ४ बाहेक अन्य कोही नभएको हुँदा हाम्रो नाउँमा संयुक्त दर्ता/ना.सा. गरिपाऊँ भनी माग निवेदन गरेको, १ नं. मोही लगत, २ नं. अनुसूची पेश गरेको देखिँदा यसमा निवेदकहरू बाहेक अन्य कसैको हक लाग्ने भए वा माग बमोजिम हुनुनपर्ने कुनै मनासिव कारण भए वा अन्यत्र कसैले कुनै कारबाही चलाएको भए वा सरकारी, सार्वजनिक, सामुदायिक, गुठी, व्यक्तिगत लगायत अन्य जग्गा तथा संरचनालाई प्रतिकूल असर पर्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण हकदाबी गर्न आउनुहोला । अन्यथा कानून | बमोजिम भइजाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।