Loan Payment NoticeLandPublished On: May 20, 2025

यस कुमारी बैंक लिमिटेडको शाखा कार्यालय लालदरबारबाट तपसिलमा उल्लेखित ऋणीले प्राप्त गरेको ऋणकर्जाको बैंकलाई समय-समयमा तिर्नु बुझाउनुपर्ने साँवा, ब्याज लगायतका रकम चुक्ता भुक्तान गर्न पटक-पटक मौखिक एवं लिखित रुपमा सूचित गरी तर ताकेता गर्दा समेत ऋणकर्जा चुक्ता भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाई बेवास्ता गरेकोले ऋणीलाई ऋणकर्जा चुक्ता भुक्तान गर्न यो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र यस बैंकको शाखा कार्यालयमा सम्पर्क गरी उपभोग गरिरहेको ऋणकर्जाको साँवा, ब्याज लगायतका बैंकलाई तिर्नु / बुझाउनुपर्ने सम्पूर्ण रकम चुक्ता भुक्तान गर्नुहोला । अन्यथा प्रचलित ऐन, कानून, राष्ट्र बैंकबाट जारी निर्देशनहरु एवं यस बैंक कर्जा असुली विनियमावली बमोजिम धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्रि वा अन्य व्यवस्था गरी बैंकको लेना रकम असुल उपर गरिनुका साथै ऋणी तथा सम्बन्धित पक्षलाई कर्जा सूचना केन्द्रको कालोसूचिमा नाम सूचिकृत गर्न समेत लेखि पठाइने व्यहोरा यसै सूचना मार्फत अवगत गराउँदै, ऋणकर्जा चुक्ता भुक्तान गर्न गराउनुहुन सम्बन्धित सबै पक्षलाई यसै सूचना मार्फत जानकारी समेत गराउँदछौं । उल्लेखित ऋणकर्जाको लागि सुरक्षण बापत रहेको धितोबाट बैंकको सम्पूर्ण लेना रकम असुलउपर नभएमा बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ तथा अन्य प्रचलित नियम, कानून तथा कर्जा सम्झौता अनुसार ऋणी, संचालक तथा जमानीकर्ताहरुको अन्य चल अचल जायजेथा तथा श्रीसम्पत्तिहरुबाट बैंकको बाँकी लेना रकम असुलउपर गरिने व्यहोरा समेत ऋणी, जमानतकर्ता तथा सम्बन्धित सबैलाई यसै सूचनाद्वारा सुचित गरीन्छ ।