भ.पु.जि., दधिकोट वडा नं. २ को हाल सु.न.पा. वडा नं. १ बस्ने उद्दव प्रसाद न्यौपाने समेतले हामीहरूका बाजे ज्वाला प्रसाद न्यौपानेको मिति २०१४ सालमा, निजकी पत्नी तिलोतमा न्यौपानेको मिति १९९६ सालमा परलोक भई निजका हक खाने छोराहरू जेठा चेत नाथ न्यौपाने, माहिला कृष्ण प्रसाद न्यौपाने, कान्छा नर नाथ न्यौपाने भएकोमा, जेठा चेत नाथ न्यौपानेका नाममा नाप नक्सा भई दर्ता बाँकी रहेको तपसिल बमोजिमको कित्ता जग्गा साविक लगत निजकै नामको ४ नं. पात्लेटार मौंजा रैकर तर्फको सि.नं. १७४ न.नं. २११, २१५ रो.- ९ || २ मध्येबाट भिडी दर्ता हुने जग्गा भएकोमा, साविक दर्तावाला चेत नाथ न्यौपानेको मिति २००८ सालमा, निजकी पत्नी कुल कुमारी न्यौपानेको मिति २०२८ सालमा निःसन्तान अवस्थामा मृत्यु भएको, त्यस्तै कृष्ण प्रसादको मिति २०३० सालमा, निजकी पत्नी दुर्गा कुमारीको २०७४।०८।०१ मा मृत्यु भई हक खाने छोराहरू राम प्रसाद, उद्दव प्रसाद र राजेन्द्र प्रसाद न्यौपाने भएकोमा, राम प्रसादको मिति २०७१।०२।१६ मा मृत्यु भई हक खाने पत्नी शुभद्रा देवी, छोराहरू प्रदिप, सुरेस न्यौपाने भएको, त्यस्तै नरनाथको मिति २०३३ सालमा, निजकी पत्नी रुद्र कुमारीको मिति २०३४ सालमा मृत्यु भई हक खाने छोराहरू, शम्भु प्रसाद, कमल प्रसाद, पुरुषोत्तम न्यौपाने भएकोमा, शम्भु प्रसादको २०५१।०२।१० मा मृत्यु भई हक खाने पत्नी यशोदा, छोराहरू महेश्वर र रामेश्वर न्यौपाने भएकोले हामी हकदारहरूका नाउँमा संयुक्त दर्ता / ना. सा. गरिपाऊँ भनी माग निवेदन गरेको, १ नं. मोही लगत, २ नं. अनुसूची र ७ नं. फाँटवारी रेकर्डबाट फेला नपरेको भनी लेखि आएको देखिँदा यसमा निवेदकहरू बाहेक अन्य कसैको हक लाग्ने भए वा माग बमोजिम हुनुनपर्ने कुनै मनासिव कारण भए वा अन्यत्र कसैले कुनै कारबाही चलाएको भए वा सरकारी, सार्वजनिक, सामुदायिक, गुठी, व्यक्तिगत लगायत अन्य जग्गा तथा संरचनालाई प्रतिकूल असर पर्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण हकदाबी गर्न आउनुहोला । अन्यथा कानून | बमोजिम भइजाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।