भ.पु. जि., नखेल - ८ को हाल सु.न.पा. वडा नं. ९ बस्ने भाइ कृष्ण के.सी. ले मेरो पिता ठक वहादुर खत्रीको नाममा नापनक्सा भई दर्ता बाँकी रहेको तपसिल बमोजिमको कित्ता जग्गा साविक लगत निजकै नामको २७ नं. पलासे मौजा रैकर तर्फको सि.नं. ९८ न.नं. ३६ रो. ५६ ।। मध्येबाट भिडी दर्ता हुने जग्गा भएकोमा, साविक दर्तावाला पिता ठकवहादुर खत्रीको २०४७/०८ / २२ मा निजकी जेठी पत्नी पूर्ण कुमारी खत्रीको मिति २०२८ सालमा, कान्छी पत्नी प्रेम कुमारी खत्रीको २०६७/०१/०५ मा मृत्यु भई हक खाने हकदार जेठी तर्फका १ मात्र छोरा भाई कृष्ण के.सी. - १ र कान्छी तर्फबाट १ मात्र छोरी खत्री - १ । गरी जना - २ भएकोमा जानुका खत्रीको | २०५८/०९/०४ मा विवाह भइसकेको हुँदा मेरा नाउँमा एकलौटी दर्ता / ना. सा. गरिपाऊँ भनी भाई कृष्ण के.सी.ले माग निवेदन गरेको, २ नं. अनुसूची र ७ नं. फाँटवारी पेश गरेको, दर्तावालाको नाम कतै ठक वहादुर खत्री, कतै टेक वहादुर खत्री, कतै ठन्क वहादुर खत्री अलग-अलग नभई एकै व्यक्ति ठंक वहादुर खत्री नै हो भनी सम्बन्धित वडा कार्यालयबाट सिफारिस भई आएको देखिँदा यसमा निवेदक बाहेक अन्य कसैको हक लाग्ने | भए वा माग बमोजिम हुनुनपर्ने कुनै मनासिव कारण भए वा अन्यत्र कसैले कुनै कारबाही चलाएको भए वा सरकारी, सार्वजनिक, सामुदायिक, गुठी, व्यक्तिगत लगायत अन्य जग्गा तथा संरचनालाई प्रतिकूल असर पर्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण हकदाबी गर्न आउनुहोला । अन्यथा कानून भइजाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।