मकवानपुर जिल्ला, हेटौँडा उपमहानगरपालिका वडा नं. ५ बस्ने गुजेश्वरी श्रेष्ठ र ईश्वरी श्रेष्ठले हामीहरूका बाजे सौखानी, सानुकामी, सानुकाजी भन्ने पूर्णमान श्रेष्ठको नाममा २०२१ सालको नापनक्सामा तपसिल बमोजिमको जग्गाहरू दर्ता बाँकी रहेको उक्त जग्गाहरू आफ्नो नाउँमा दर्ता प्रमाणित हुन बाँकी रहेकोमा निजको मिति २००२ सालमा मृत्यु भएको र निजपछि हक खाने हकदारहरूमा निजकी श्रीमती बिष्णु देवी श्रेष्ठ भएकोमा निजको पनि २०२५ सालमा आफ्नो कालगतिले मृत्यु भएको र निजपछि हक खाने हकदारहरूमा निजका २ जना छोरीहरू गोपिनि श्रेष्ठ- १ र माया देवी श्रेष्ठ- १ समेत २ जना रहेकोमा गोपिनी श्रेष्ठले निजको नाउँमा रहेका जग्गाहरू हामी निवेदिकाहरूलाई शे.व गरिदिएको र निज निःसन्तान अवस्थामा मृत्यु भएको । साथै, हामीहरूकी आमा माया देवी श्रेष्ठले उक्त जग्गा आफ्नो नाउँमा छुट दर्ता नामसारी गरिपाऊँ भनी भूमिसुधार तथा मालपोत कार्यालय, लगनखेल ललितपुरमा निवेदन दिई कारबाहीको अवस्थामा रही हाल उक्त निवेदन तामेलीमा रहेको अवस्थामा | आमा मायादेवी श्रेष्ठको मिति २०७४।०५।१६ गते आफ्नो काल गतिले मृत्यु भई उहाँको हक खाने हकदारहरूमा हामी विवाहित छोरीहरू गुजेश्वरी श्रेष्ठ - १ र ईश्वरी श्रेष्ठ - १ समेत २ जना रहेको हुँदा तामेलीमा रहेको निवेदन जगाई उक्त जग्गाहरू हामी निवेदिकाहरूको नाउँमा छुट दर्ता नामसारी गरिपाऊँ निवेदन पेश भएको र हेटौँडा उपमहानगरपालिका, वडा नं. ५ मकवानपुरको च.नं. ३९९९ मिति २०८२।०१।२३ गतेको सिफारिसमा समेत | रहेको हुँदा निज निवेदकहरूले पेश गरेको विवरण ठीक छ/छैन ? निवेदक बाहेक अन्य हकदार छन् / छैनन् ? उक्त जग्गामा यी निवेदक बाहेक अरू कसैको हकदाबी छ छैन ? उक्त जग्गा सरकारी, सार्वजनिक, गुठी एवं व्यक्ति विशेषको नम्बरी के हो ? उक्त जग्गा निवेदकको माग बमोजिम दर्ता / नामसारी गरिदिँदा अन्य कसैको हकभोग स्वामित्वमा असर पर्न जाने हो वा होइन ? कसैले उल्लिखित कित्ता जग्गाको हकमा दर्ता नामसारी लगायतका फैसला दाखा का लागि यसपूर्व मिसिल भिडाई दर्ता प्रक्रियामा रहे/ भएको भए तथा अन्य | कसैको हकदाबी भए वा निजका नाउँमा दर्ता / नामसारी हुनुनपर्ने कुनै मनासिव कारण भए सूचना प्रकाशित / टाँस भएको मितिले ३५ (पैंतीस) दिनभित्र यस कार्यालयमा स-प्रमाण दाबी गर्न आउनुहोला । तोकिएको म्यादभित्र कोही कसैको दाबी विरोध नपरे निवेदक हरूको माग बमोजिम भई निवेदकहरूका नाउँमा दर्ता नामसारी भइजाने र यस विषयमा पछि कुनै दाबी नलाग्ने व्यहोरा सम्बन्धित सबैका लागि सूचित गरिन्छ ।