भ.पु.जि. भ.न.पा. १२ को हाल ४ बस्ने राम माया राजभण्डारी र जनक देवी राजभण्डारीले हामीहरूको ससुरा इन्द्र वहादुर राजभण्डारीका नाममा नापनक्सा भई इन्द्र वहादुर राजभण्डारीकै नाममा साविक दर्ता रहेको ३९ नं. लुकुंडोल मौंजा रै. प. सि.नं. ३७१ न.नं. १०७६ रो. १ २ बाट भिडी दर्ता भई स्रेस्ता पुर्जामा नामसारी बाँकी उल्लेख भएको तपसिल बमोजिमको कित्ता जग्गाहरूको दर्ता प्रेस्ता अद्यावधिक बाँकी रहेकोमा कुल वहादुर राजभण्डारीको १९९० सालमा, निजकी पत्नी | त्रैलोक्य लक्ष्मी राजभण्डारीको १९९८ सालमा मृत्यु भई दुई छोरामध्ये साविक दर्तावाला मध्येका गणेश लाल राजभण्डारीको मिति २०१५ सालमा अविवाहित अवस्थामा मृत्यु भएको र इन्द्र वहादुर राजभण्डारीको २०५९ / ०९ / २१ मा, निजकी पत्नी सुन्दरी माया राजभण्डारीको २०४७/०१/०४ मा निजको छोरा कृष्ण विनोद राजभण्डारीको २०६६ / ११ / १० मा मृत्यु भई हक खाने जेठी पत्नी राम माया राजभण्डारी र कान्छी पत्नी जनकदेवी राजभण्डारी भएकोमा, राममायाको तर्फबाट छोरा छोरी जायजन्म नभएको, जनक देवी तर्फबाट छोराहरू युवक किशोर राजभण्डारी, नवल किशोर राजभण्डारी भएको हुँदा बाँकी निवेदकहरू राम माया राजभण्डारी र जनक देवी राजभण्डारी समेत जना २ का नाउँमा संयुक्त स्रेस्ता अद्यावधिक र ना.सा. गरिपाऊँ भनी माग निवेदन गरेको । ईन्द्र वहादुर भाडी र ईन्द्र बहादुर राजभण्डारी अलग-अलग व्यक्ति नभई एकै व्यक्ति हो भनी सम्बन्धित वडा कार्यालयबाट सिफारिस भई आएको देखिँदा यसमा निवेदकहरू बाहेक अन्य कसैको हक लाग्ने भए वा माग बमोजिम अद्यावधिक/ ना. सा. हुनुनपर्ने कुनै मनासिव कारण भए वा अन्य कसैले कुनै कारबाही चलाएको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण हकदाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भइजाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।