प्रस्तुत विषयमा कान्छा महर्जनको नाति, पुर्णलाल महर्जन तथा नानी माया महर्जनको छोरा यस ललितपुर जिल्ला, गोदावरी नपा वडा नं. १४ साविक ठैब वडा नं. ३ बस्ने राम महर्जन, लक्ष्मण महर्जन, केदार महर्जन, मनोज | महर्जन र विनोद महर्जनले हामी निवेदकहरूकी आमा नानी मैया भन्ने नानी माया महर्जनको नाममा २०२१ | सालमा सर्भे नापनक्सा भई जग्गाधनी कायम रहेको तपसिलमा उल्लिखित छुट दर्ता (दा. खा./बाँकी) कित्ता जग्गा निवेदकहरूको माग बमोजिम नियमानुसार छुट दर्ता बाँकी (दाःखाः बाँकी) जग्गा धनी दर्ता नामसारी कारबाहीका | लागि सिफारिस गरिन्छ भनी गोदावरी नगरपालिका १४ नं. वडा कार्यालयको च.नं. १४ - २१६५ मिति २०८२ १ २१ को सिफारिस सहित जग्गा दर्ता गरिपाऊँ भनी द.न. १९५१३ मिति २०८२।१।२५ मा राम महर्जन समेतको नाममा संयुक्त / एकलौटी दर्ता नामसारी गरिपाऊँ भनी निवेदन मागदाबी रहेकोमा सो जग्गामा निज निवेदकको हकभोग रहेको छ/छैन, उक्त कित्ता जग्गा दर्ता नामसारी गर्न यी निवेदक बाहेक अन्य हकदार छन्, छैनन् ? उक्त जग्गामा | यी निवेदक बाहेक अरू कसैको हकदाबी छ, छैन ? निवेदकको माग बमोजिम दर्ता नामसारी गरिदिँदा अन्य कसैको हक भोग स्वामित्वमा असर पर्न जाने हो वा होइन ? कसैले उल्लिखित कित्ता जग्गाको हकमा दर्ता | नामसारीका लागि यस पूर्व मिसिल भिडाई दर्ता प्रक्रियामा रहेको / भएको भए तथा अन्य कसैको हकदाबी भए वा | निजहरूका नाममा दर्ता नामसारी हुनु नपर्ने कुनै मनासिव कारण भए सो समेत सम्पूर्ण व्यहोरा खुल्ने गरी हकदाबी सम्बन्धी गोरखापत्र राष्ट्रिय दैनिकमा ३५ दिनभित्र आफ्नै दाबी प्रमाण पुग्ने कागजात सहित दाबी विरोध गर्नुहोला अन्यथा नियमानुसार दर्ता नामसारी भइजाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
