ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका वडा नं. ३ स्थायी बसोवास गरी बस्ने विश्वनाथ खडकाको बाजे चन्द्र बहादुर खडकाको नाममा तपसिल अनुसारको जग्गा दर्ता बाँकी जग्गा बुवा कर्ण बहादुर खडकाको शेषपछि हक खाने छोराहरू कृष्ण बहादुर खडका, गोपाल बहादुर खडका, अर्जुन बहादुर खडका र राकेश कुमार खडका समेतले दर्ता नामसारी गरिदिन मञ्जुरी गर्नुभएको हुँदा नियमानुसार छुट दर्ता हुन सिफारिस गरिएको व्यहोरा अनुरोध छ भनी महालक्ष्मी नगरपालिका ३ नं. वडा कार्यालयको च.नं. ६६६ मिति २०८१ / १० / २० को सिफारिस जग्गा दर्ता गरिपाऊँ भनी द.नं. २०९४१ मिति २०८२ / २ / १२ मा शरद कुमार खडका, राजेस कुमार खडका, कृष्ण बहादुर खडका, गोपाल बहादुर खडका, अर्जुन बहादुर खडका, रकेश कुमार खडकाको मञ्जुरीमा बिश्वनाथ खड्काका नाममा संयुक्त / एकलौटी दर्ता नामसारी गरिपाऊँ भनी निवेदन मागदाबी रहेकोमा सो जग्गामा निज निवेदकको हकभोग रहेको छ/छैन, उक्त कित्ता जग्गा दर्ता नामसारी गर्न यी निवेदक बाहेक अन्य हकदार छन्, छैनन् ? उक्त जग्गामा यी निवेदक बाहेक अरू कसैको हकदाबी छ, छैन ? निवेदकको माग बमोजिम दर्ता नामसारी गरिदिँदा अन्य कसैको हकभोग स्वामित्वमा असर पर्न जाने हो वा होइन ? कसैले उल्लिखित कित्ता जग्गाको हकमा दर्ता नामसारीका लागि यसपूर्व मिसिल भिडाई दर्ता प्रक्रियामा रहेको / भएको भए तथा अन्य कसैको हकदाबी भए वा निजहरूका नाममा दर्ता नामसारी हुनु नपर्ने कुनै मनासिव कारण भए सो समेत सम्पूर्ण व्यहोरा खुल्ने गरी हकदाबी सम्बन्धी गोरखापत्र राष्ट्रिय दैनिकमा ३५ दिनभित्र आफ्नै दाबी प्रमाण पुग्ने कागजात सहित दाबी विरोध गर्नुहोला । अन्यथा नियमानुसार दर्ता नामसारी भइजाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ।