Loan Payment NoticeLandPublished On: June 1, 2025

यस बैंकबाट ऋण लिएका तपसिल बमोजिमका ऋणीले ऋण लिदाँ गरिदिएको लिखत र ऋण स्वीकृति पत्रको शर्तमा तोकिए अनुसार बुझाउनु पर्ने साँवा, ब्याज समेतको बैंकको सम्पूर्ण लेना रकम नबुझाई ऋण लिदाँ गरेको शर्त कबुलियतको उल्लङ्घन गरेको र बैंकबाट मौखिक एवम् लिखित रुपमा पटक पटक तरताकेता गर्दा समेत सोको कुनै वास्ता नगरी चासो नदेखाई ऋण दायित्व फर्छयौट गर्ने तर्फ कुनै तदारुकता नदेखाएको हुनाले सो ऋण कर्जा चुक्ता भुक्तान गर्ने सम्बन्धी यो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
अतः यस बैंकमा सम्पर्क गरी यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र बैंकलाई बुझाउन बाँकी रहेको सम्पूर्ण साँवा, ब्याज, हर्जाना व्याज तथा अन्य दैदस्तुर चुक्ता भुक्तान गरी बैंकको कर्जा फरफारक फछ्यौट गर्न गराउनका लागि सम्बन्धित ऋणी, धितो जमानतकर्ता सहितका अन्य जमानतकर्ता एवं सम्बद्ध सबैलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ । सो म्याद भित्र बक्यौता रहेको सम्पूर्ण रकम चुक्ता भुक्तान नगरेमा ऋणी एवं धितोजमानतकर्ताले बैंकलाई लेखिदिएको तपसिल बमोजिमको धितो लिलाम बिक्री गर्ने, सो हुन नसकेमा बैंक आफैले धितोको सम्पत्ति गैर बैकिङ्ग सम्पत्तिको रुपमा सकार गर्ने वा अन्य व्यवस्था गरी बैंकको आफ्नो लेना असुल उपर गरिनेछ । कथंमकदाचित सो धितोबाट असुल उपर हुन नसके वा आंशिक रकम मात्र असुल उपर भई कर्जा बाँकी रहन गएमा उक्त बाँकी रकम ऋणी, धितो जमानत दिने एवं अन्य जमानतकर्ता व्यक्ति तथा निजको हकको अन्य चल अचल सम्पत्ति समेतबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानून बमोजिम लिलाम बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी बैंकको लेना रकम असुल उपर गरिलिनुका साथै कर्जा असुलीको लागि ऋण असुली न्यायधिकरण एवं अन्य सक्षम न्यायिक निकायमा दावी उजुरी गरिने तथा ऋणी र धितो जमानत दिने एवं अन्य जमानतकर्ताहरुलाई समेत कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने व्यहोरा समेत ऋणी, धितो जमानत दिने एवं अन्य जमानतकर्ताहरु लगायत सम्बद्ध सबैलाई यसै सूचनाबाट जानकारी गराईन्छ। साथै, सवारी साधनको हकमा उक्त सवारी साधन बैंकको नाममा दर्ता रहेको र सो सवारी साधनको स्वामित्व बैंकमा रहेकोले कसैले अनधिकृत रुपमा प्रयोग गरिरहनुभएको छ भने यथासिघ्र बैंकमा बुझाउनु होला । अन्यथा अनधिकृत रुपमा बैंकको सवारी प्रयोग गर्नु भए उपर प्रचलित कानून बमोजिम कारवाही गर्न बैंक बाध्य हुने समेत जानकारी गराईन्छ ।
धितो जमानत गरिदिने जमानतकर्ता एवं अन्य जमानतकर्ताहरुले माथि उल्लेखित समयअवधी भित्र आफुले जमानत लेखिदिएको कर्जा एवं सोको व्याज वैदस्तुर चुक्ता भुक्तान गरी आफ्नो धितो एवं जमानत फुकुवा गरी लिन सक्नु हुनेछ सो को लागि समेत यसै सूचना द्वारा सूचित गराईन्छ, अन्यथा माथि उल्लेख गरिए बमोजिम धितो एवं जमानत लेखिएको सम्पत्ति लिलाम बिक्री वा अन्य व्यवस्था गरी बैंकले आफ्‌नो लेना असुल उपर गर्नुका साथै कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाईने व्यहोरा जमानतकर्ताहरुलाई समेत जानकारी गराईन्छ ।