काठमाडौँ जिल्ला, कागेश्वरी मनोहरा न.पा. वडा नं. ४ बस्ने खिल कुमारी पुडासैनी समेतले पति थल प्रसाद पुडासैनीको नाममा नाप नक्सा भई निज नापीवालाकै नाममा हालसम्मै दर्ता बाँकी स्रेस्ता कायम रहेको तपसिलमा उल्लिखित जग्गा दर्ता नहुँदै नापीवाला थल प्रसाद पुडासैनीको मिति २०७३/२२९ मा मृत्यु भई हकदारमा जेठी पत्नी नन्द माया पुडासैनी - १ र कान्छी पत्नी खिल कुमारी पुडासैनी-१ समेत जना २ भई तपसिल बमोजिमको जग्गा साविक मौजा चाँगु रै.नं. ११३३ मध्ये शिवहरिको नामको लगत भिडी हामी हकदारहरूको नाउँमा दर्ता / नामसारी गरिपाऊँ भनी माग निवेदन गरेको साथै उक्त जग्गामा अन्य हकदार कोही भए वा निवेदकको हक नलाग्ने कुनै कारण भए वा अन्य कसैको हक लाग्ने भए वा सरकारी, ऐलानी, पर्ती, विर्ता, गुठी अधीनस्थ इत्यादि कुनै प्रकृतिको जग्गा भए वा अन्य कसैले कुनै कारबाही चलाएको भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र आफूसँग भएको प्रमाण सहित मालपोत कार्यालय साँखुमा स-प्रमाण दाबी गर्न/ सूचना गर्न आउनुहोला । तोकिएको म्यादभित्र कोही कसैको दाबी विरोध नपरे निवेदकको मागदाबीलाई स्वीकार गरेको मानी कानून बमोजिम जग्गा दर्ता नामसारी समेत भइजानेछ र यस विषयमा पछि कसैको दाबी नलाग्ने व्यहोरा सम्बन्धित सबैका लागि सूचित गरिन्छ।