भ.पु.जि., नंखेल गा.वि.स. वा.नं. ४ बस्ने ठुली तामाङ्गले निजको ससुराको एकलौटी नाममा भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा दर्ता प्रमाणित स्रेस्ता कायम रहेको तपसिलमा उल्लिखित कित्ता जग्गाको साविक ज.ध. मंगले तामाङ्गको मिति २०४६/०८/०४ मा निजकी जेठी श्रीमती ठुली तामाङ्गको २०३२ सालमा र निजकी कान्छी श्रीमती माईली तामाङ्गको २०६५/०६/२९ मा आ- आफ्नै कालगतिले परलोक भई निजहरूको शेषपछि हक खाने हकदारमा जेठी श्रीमती ठुली तामाङ्गको तर्फबाट जायजन्म भएको छोराहरूमा जेठा छोरा राम बहादुर तामाङ्ग १. माईलो छोरा आइते तामाङ्ग १, साँहिलो छोरा अस्ते तामाङ्ग १ र कान्छो छोरा सुकुमान तामाङ्ग १ गरी जना ४ भएकोमा जेठो छोरा राम बहादुर तामाङ्गको मिति २०७६/०६/०२ मा परलोक भई निजको शेषपछि हक खाने हकदार मा निजकी जेठी श्रीमती म निवेदक ठुली तामाङ्ग १ छोराहरू सुकमान तामाङ्ग १ र सुरेश तामाङ्ग १ त्यस्तै कान्छी श्रीमती माया तामाङ्गले आफ्नो नाम परिवर्तन गरी नाम भिम लक्ष्मी स्याङतान कायम गरी मिति २०७४।०६।२३ मा साहिला रूम्वासँग विवाह गरी गएको र निजबाट जायजन्म भएको एक मात्र छोरा आकाश तामाङ्ग १ भएको, त्यस्तै माईलो छोरा आईते तामाङ्गको मिति २०७६/०३/१८ मा परलोक भई निजको शेष पछि हकखाने हकदारमा निजकी जेठी श्रीमती शान्त कुमारी तामाङ्ग १ निज शान्त कुमारी तामाङ्ग मिति २०८१।०४।०२ मा परलोक भई निजबाट जायजन्म भएको, छोराहरू सोनाम तामाङ्ग १, रमेश तामाङ्ग १ र सुरेश तामाङ्ग १ गरी जना ३ भएकोमा सुरेश तामाङ्गको मिति २०७८ ।०१।२६ मा परलोक भई निजको शेषपछि हक खाने हकदारमा निजकी एक मात्र श्रीमती मंगली माया तामाङ्ग १ र नाबालक छोरा संजोग तामाङ्ग १ भएको, निजकी कान्छी श्रीमती उर्मिला तामाङ्ग १ र छोरी संगिता तामाङ्ग १ भएको त्यस्तै साँहिलो छोरा मिति २०६८/०३/१० देखि अविवाहित अवस्थामा बेपत्ता भएको हुँदा निजको मिति २०८ १।११।२६ मा बेपत्ता वा मृत्युको न्यायिक घोषणाको प्रमाण पत्र समेत लिई सकेको त्यस्तै ज.ध. की कान्छी श्रीमती माईली तामाङ्गको मिति २०६५/०६/२९ मा परलोक भई निजको शेषपछि हक खाने हकदारमा निजको छोरा काले तामाङ्ग १ र छोरी काली तामाङ्ग १ भएकोमा छोरी काली तामाङ्गको मिति २०७४।१।१५ मा सामाजिक परम्परा अनुसार विवाहदान गरी गई सकेको हुँदा नाता प्रमाणितहरू अनुसार जम्मा हकदार जना १२ तपसिलमा उल्लिखित कित्ता जग्गा ससुरा मंगले तामाङ्गको नाम खारेज गरी निवेदकको नाममा नामसारी गर्न अन्य हकदारहरूको मञ्जुरी भएको हुँदा भनी निवेदन पेश भएको उक्त कित्ता जग्गाहरूको सक्कल पुर्जा पेश नभएको र उक्त जग्गाहरू सरकारी, सार्वजनिक, गुठी, निजी गुठी, ऐलानी भएको भए वा अन्य कसैको भोग चलन भए वा निज निवेदकको नाममा नामसारी हुनु नपर्ने कुनै कारण भए वा अन्य कोही कसैको हक लाग्ने जग्गा भए, अन्य कोही कसैले अन्यत्र कारबाही चलाएको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण हकदाबी गर्न आउनुहोला। अन्यथा कानून बमोजिम भइजाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ |