AuctionLandPublished On: June 12, 2025

यस कुमारी बैंक लिमिटेड केन्द्रिय कार्यालय टंगाल, काठमाण्डौबाट तपसिलमा उल्लेखित ऋणीले प्राप्त गरेको ऋणकर्जाको बैंकलाई समय समयमा तिर्नु बुझाउनु पर्ने साँवा, ब्याज, पेनाल व्याज आदि चुक्ता भुक्तान गर्न पटक पटक लिखित एवं मौखिक रुपमा सूचना गरी तरताकेता गर्दा समेत नतिरी नबुझाई बैंकसंग भएको ऋणकर्जा सम्बन्धी शर्तबन्देजहरु उल्लंघन गरेको हुनाले निज ऋणीलाई सम्पूर्ण कर्जा, सो कर्जाको व्याज, पेनाल व्याज तथा अन्य दै दस्तुरहरु तिर्न बुझाउनको लागि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत निज ऋणीले प्राप्त ऋणकर्जाको बैंकलाई तिर्न बुझाउनु पर्ने ऋणकर्जाको साँवा, ब्याज, पेनाल ब्याज आदि चुक्ता भुक्तान नगरेकाले बैंकलाई कर्जाको सुरक्षण बापत धितोबन्धक लेखिदिएको तपसिलमा उल्लेखित सम्पत्ति तथा सोको लिगलगापातहरु समेत जहां जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा बिक्री गर्न यो १५ दिने लिलाम सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले १६ औं दिन अर्थात मिति २०८२ असार १३ गते शुक्रबारका दिन केन्द्रिय कार्यालय अन्तर्गत कर्जा असुली विभाग बागबजार, काठमाण्डौमा गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गरी बैंकको लेना रकम असुल उपर गरिने भएको हुँदा सर्वसाधारणको जानकारीको लागि यो गोप्य शिलबन्दी बोलपत्र आव्हानको सूचना प्रकाशित गरिएको छ । धितोमा रहेको अचल सम्पत्तिहरु सकार गरी लिन ईच्छुक महानुभावहरुले देहायका शर्तबन्देजहरुको अधिनमा रहि गोप्य शिलवन्दी बोलपत्र दिन सक्नुहुनेछ ।