AuctionLandPublished On: June 12, 2025

यस बैंकासाविक नेपाल इन्भेष्टमेण्ट बैंक लि. र मेगा बैंक नेपाल लि. एक आपसमा गाभिएर बनेको संस्था को तपसिलमा उल्लेखित ऋणीले यस बैंकवाट उपभोग गर्नुभएको कजां रकम बैंकसँग गर्नुभएको कजां सम्झौता बमोजिम तिनं वुझाउनको लागि यस बैंकवाट पटक पटक मौखिक, लिखित ताकेता गर्दा तथा देहाय वमोजिम विभिन्न मितिमा ऋण, कर्जा चुक्ता गर्न सार्वजनिक सूचना प्रकाशित गर्दा समेत सम्बन्धित ऋणी तथा जमानीकर्ताहरुले सो को पूर्ण वेवास्ता गरि कर्जा चुत्ता गर्नेतर्फ कुनै पहल नगरेको हुनाले यो लिलाम सूचना प्रकाशित गरिएको छ। अत: यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उक्त कजांको सम्पूर्ण साँवा, व्याज तथा हजांना लगायतका अन्य दैदस्तुर समेत तिरी बुझाई कजां चुक्ता भुक्तान गर्न गराउनको लागि सम्बन्धित ऋणीलाई यो सूचनाद्वारा जानकारी गराइन्छ । उक्त म्यादभित्र समेत सो कजा चुक्ता नभएमा ऋणी सवैलाई अन्य कुनै सूचना नदिई नेपाल राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी एकिकृत निर्देशन, वमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गराईने व्यहोरा जानकारी गराउदै कर्जाको सुरक्षणको रुपमा बैंकलाई धितोबन्धक लेखिदिएका तपसिलमा उल्लेखित सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८ बैंकको नियम तथा अन्य प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरि उल्लेखित बमोजिमको मिति, समय र स्थानमा गोप्य शिलबन्दी बोलपत्रको माध्यमवाट लिलाम विक्री गरिने भएकाले सो सम्पत्ति खरिद गरिलिन ईच्छुक महानुभावहरुको जानकारीको लागि समेत यो सूचना प्रकाशित गरिएको छ। उक्त दिन उपस्थित हुन सम्बन्धित ऋणी, सुरक्षण धनी, ईच्छुक खरिदकतां तथा सम्बद्ध सबैमा अनुरोध छ । कुनै कारणवश तपसिलमा उल्लेखित सम्पत्ति लिलाम विक्री नभएमा सो सम्पत्ति अन्य व्यवस्था गरी बेचविखन गर्नसक्ने वा प्रचलित कानून बमोजिम बैंकले सकार गरी लिनसक्ने र उक्त सम्पत्तिबाट बैंकको सम्पूर्ण वक्यौता रकम असुल उपर नभएमा प्रचलित कानून वमोजिम असुल उपर गर्न आवश्यक कारवाही अघि वढाईने व्यहोरा समेत जानकारी गराइन्छ ।