यस विकास बैंकको शाखा कार्यालय कोहलपुरबाट तपशिलमा उल्लेखित ऋणीले व्यावसायिक अधिविकर्ष तथा आवधिक कर्जा र फोर्स लोन कर्जा शीर्षक अन्तर्गत लिएको कर्जाको साँवा, ब्याज र अन्य दै- दस्तुर समेत | तिर्ने बुझाउने सम्बन्धमा बैंकसंग गरेको शर्त कबुलियत उल्लंघन गर्नु भएको र बैंकबाट पटक पटक मौखिक तथा लिखित रुपमा तरताकेता गर्दा समेत सो कर्जाको तिर्नु बुझाउनु पर्ने साँवा, ब्याज तथा हर्जाना समेत चुक्ता भुक्तान गर्न आउने तर्फ कुनै चासो नदेखाउनु भएको र नआउनु भएकोले सम्पूर्ण कर्जा चुक्ता गर्न आउनु हुन भनी बैंकबाट विभिन्न मितिमा सार्वजनिक सूचना प्रकाशित गरिएता पनि कर्जा चुक्ता भुक्तान गर्न तर्फ कुनै पहल नगरी आलटाल गरेकोले बैंकको कर्जा असुलीको लागि तपशिलमा उल्लेखित धितो (सम्पत्ति । जहाँ जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र प्रक्रियाद्वारा लिलाम बिक्री गरी बैंकको लेना रकम असुल उपर गर्नुपर्ने भएकोले धितो लिलाम बिक्री सम्बन्धी यो २१ (एक्काइस) दिने सूचना प्रकाशित गरिएको छ । उक्त मिति भित्र नतिरे नबुझाएमा प्रचलित कानुन अनुसार सूचना प्रकाशित भएको मितिले २२ औं दिन यस बैंकलाई लेखिदिएको धितो सुरक्षणमा रहेको तपशिलमा उल्लेखित सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्थामा | गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गरिने हुँदा इच्छुक महानुभावहरुले देहाय बमोजिमको शर्त तथा | बन्देजहरुको अधिनमा रहने गरी यो सूचना प्रकाशित भएको मितिले २१ औ दिनको कार्यालय समय भित्र यस बैकको शाखा कार्यालयहरुमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन सूचित गरिन्छ ।