AuctionLandPublished On: June 19, 2025

यस बैंकबाट तपसिलमा उल्लेखित ऋणीले लिनुभएको कर्जा रकम चुक्ता भुक्तान गर्ने मिति समाप्त भईसक्दा पनि बैंकसंग गर्नुभएको सम्झौता बमोजिम कर्जा चुक्ता फछ्यौट नगर्नु भएको र यस बैंकबाट पटक-पटक मौखिक तथा लिखित तरताकेता गर्दा समेत सोको पूर्ण बेवास्ता गरी ऋणी तथा जमानतकर्ताले कर्जा नियमित तथा चुक्ता फछ्यौट गर्ने तर्फ चासो नदेखाई आलटाल गरी बसेको हुनाले बैंकले कर्जा असुलीका लागि मिति २०८० / ०१ / २८ गते विहिबारको आर्थिक अभियान राष्ट्रिय दैनिक पत्रिकामा ऋण तथा जमानतकर्तालाई कर्जा चुक्ता गर्ने ३५ दिने सार्वजनिक सूचना तथा धितोमा रहेको सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्ने बारेको ७ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा सौ सूचना बमोजिम कर्जा चुक्ता तथा धितो लिलाम विक्री हुन नसकेकोले कर्जा असुलीका लागि कर्जा सुरक्षणको रुपमा बैंक समक्ष धितो रहेको तपसिलमा उल्लिखित सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलवन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गरिने भएकोले उक्त सम्पत्ती के कति दर भाउ र मुल्यमा खरिद गरी लिने हो सो व्यहोरा खुलाई यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र गोप्य शिलबन्दी बोलपत्र बैकको प्रधान कार्यालय, बबरमहल, काठमाण्डौमा दाखिल गर्नु हुन ईच्छुक व्यक्ति तथा संगठित संस्था सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । प्राप्त बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिले १६ औं दिन अर्थात् मिति २०८२ / ०३ / २० गते शुक्रबार ( सो दिन सार्वजनिक विदा परेमा सोको लगत्तै बैंक खुलेको दिन) बैंकको प्रधान कार्यालय, बबरमहल, काठमाण्डौमा दिनको ठीक १:०० (एक) बजे खोलिने भएकोले उक्त दिन उपस्थित हुन सम्बन्धित ऋणी, सुरक्षणधनी, ईच्छुक बोलपत्रदाता तथा सम्बद्ध सबैमा अनुरोध छ । प्राप्त बोलपत्रहरु बैंकले बिना कुनै कारण दर्शाई स्वीकार वा अस्वीकार गर्न सक्ने व्यहोरा समेत जानकारी गराईन्छ । पुनश्चः यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र उक्त बांकी सम्पूर्ण कर्जाको साँवा व्याज तथा हर्जाना लगायतका अन्य दै दस्तुर समेत तिरी बुझाई कर्जा चुक्ता फछ्यौट गर्न गराउनको लागि सम्बन्धित ऋणी, धितो सुरक्षण धनी तथा जमानतकर्ता समेतलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ । उक्त म्याद भित्र समेत कर्जा चुक्ता नभएमा ऋणी तथा जमानतकर्ता लगायत नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समाविष्ट गर्नुपर्ने सम्बद्ध सबैलाई नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गराउन सकिने व्यहोरा जानकारी गराउंदै कर्जाको सूरक्षणको रुपमा बैंक समक्ष धितो रहेको तपसिलमा उल्लिखित अचल जायजेथा जे जस्तो अवस्थामा छ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरी प्रस्तुत सूचनाको म्याद भित्र प्राप्त हुन आएका गोप्य शिलवन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गरिने र कुनै कारणवश तपसिलमा उल्लिखित जायजेथा लिलाम बिक्री नभएमा सो जायजेथा अन्य व्यवस्था गरी बेच बिखन गर्न सक्ने वा नियमानुसार बैंकले आफ्नो नाममा सकार गरी लिन सक्ने तथा उक्त जायजेथाबाट बैंकको सम्पूर्ण बक्यौता असूल उपर नभएमा प्रचलित कानून बमोजिम असुल उपर गरी लिइने व्यहोरा समेत जानकारी
गराइन्छ ।