यस रिलायन्स फाइनान्स लिमिटेडबाट कर्जा लिने देहाय बमोजिमको ऋणीले लिनु भएको ऋण कर्जा वापत फाईनान्सलाई समय समयमा तिनुं बुझाउनु पर्ने साँवा, ब्याज, थप ब्याज, आदि नतिरी नबुझाई कर्जाको शर्त बन्देज उल्लंघन गर्नु भएकोले ऋण कर्जा लगायतको रिलायन्स फाईनान्सको लेना रकम तिर्न बुझाउनको लागि पटक पटक मौखिक, लिखित एवं विभिन्न मितिमा सार्वजनिक सूचना प्रकाशित गरी कर्जा चुक्ता गर्न अनुरोध गर्दा समेत कर्जा नबुझाई वित्तीय संस्थाको अनुरोधलाई वेवास्ता गर्नु भएको हुँदा ऋण कर्जाको धितो सुरक्षणमा रहेको तपसिलमा उल्लिखित चल अचल सम्पत्ति, जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा वित्तीय संस्थाको नियमानुसार गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गरी वित्तीय संस्थाको को लेना रकम असुल उपर गर्नुपर्ने अवस्था आएकोले यो गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको छ ।
धितोमा रहेको तपसिलको सम्पत्ति सकार गरी लिन इच्छुक व्यक्ति वा संघ संस्थाहरुले संस्थाको केन्द्रिय कार्यालय / सम्बन्धित शाखा कार्यालयबाट प्राप्त हुने | बोलपत्र फाराम रितपूर्वक भरी यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र सम्बन्धित शाखा कार्यालयमा बुझाउन सक्नुहुनेछ । बोलपत्र सम्बन्धी अन्य | शर्तहरु बोलपत्र फारममा उल्लेख गरिएको छ । ती शर्तहरु यसै सूचनाको अभिन्न अङ्गको रुपमा लागु हुनेछन् । बोलपत्र दर्ता गर्ने अन्तिम दिन र / वा बोलपत्र | खोलिने दिन कुनै सार्वजनिक विदा परेमा सो लगत्तै वित्तीय संस्था खुलेको दिन बोलपत्र दर्ता गर्न सकिने र / वा बोलपत्र खोलिने छ । उल्लेखित समयावधि भित्रमा कर्जा चुक्ता गर्नु गराउनु हुन ऋणी, सञ्चालक प्रोप्राइटर, जमानीकर्ता, लगायत ऋणसँग सम्बद्ध सम्बन्धित सम्पूर्ण महानुभावहरुलाई अनुरोध गर्दछौं । अन्यथा उल्लेखित धितो सम्पत्ति लिलाम विक्री गरी वा वित्तीय संस्था आफैले सकार गर्दा समेत साविकमा वित्तीय संस्थाबाट भएको मुल्याउन भन्दा कम मूल्यमा लिलाम बिक्री भएमा वा वित्तीय संस्था आफैले सकार गरि लिएमा पछि मेरो सम्पत्तिको उचित मूल्य प्राप्त नभई कम मूल्यमा लिलाम विक्री भयो वा फाईनान्स आफैले सकार गरि लियो भनि कहि कतै कुनै उजुर बाजुर गर्न पाउनु हुने छैन । उक्त सम्पत्ति लिलाम बिक्री गर्दा वा पुनर्मुल्याङ्कन गरी फाईनान्स आफैले सकार गर्दा | समेत वित्तीय संस्थाको सम्पूर्ण लेना रकम असुल उपर नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, | २०५८ अन्य प्रचलित ऐन कानून, नियम तथा फाईनान्सको कजा असुली निर्देशिका अनुसार असुल उपर हुन वाँकी बक्यौता कर्जा रकम असुल उपरका लागि कालोसूचीमा राखिनुको साथै ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गरी ऋणी तथा जमानीकर्ताको अन्य चल अचल जायजेथा श्री सम्पत्तिबाट समेत बाँकी लेना रकम असुल उपर गरिने हुँदा यथाशिघ्र सम्बन्धीत कर्जा चुक्ता गरी गराई धितो सम्पत्ति फिर्ता लिन हुन ऋणी जमानीकर्ता तथा सम्बन्धित सबैलाई यसै सूचनाद्वारा पुनः अनुरोध गरिन्छ ।