AuctionLandPublished On: August 20, 2025

यस बैंकको शाखा कार्यालय ठमेलबाट तपसिलमा उल्लेख भए बमोजिम कर्जा लिने ग्राहकले म्यादभित्र कर्जा चुक्ता नगरी लिखित तथा मौखिक तर ताकेता गर्दा कर्जा चुक्ता नभएको, धितो सम्पत्ति लिलाम गर्ने बारेको ३५ दिने सूचना प्रकाशित गर्दा समेत कर्जा असुल हुन नसकेकोले यो सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकमा सम्पर्क गरी सम्पूर्ण सांवा तथा कर्जा चुक्ता गर्ने अघिल्लो दिनसम्मको ब्याज र अन्य दस्तुर |समेत चुक्ता गरी धितो सम्पत्ति फुकुवा गराई लिनुहुन सम्बन्धित ग्राहक र धितो जमानी दिनुहुने महानुभावहरुलाई यसै सुचनाद्वारा पूनः जानकारी गराइन्छ । साथै यस सूचना बमोजिम लिलाम बिक्री हुन नसकेका धितो सम्पत्ति बैंकको अनुकुल समयमा बैंक आफैले सकार गरिलिन सक्ने वा ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।
यो सूचना बमोजिम १५ दिनभित्र चुक्ता नभएका कर्जाहरुको बैंकमा धितो रहेको सम्पत्ति सकार गरिलिन इच्छुक महानुभावहरुबाट यो सूचना प्रकाशित भएको मितिले १६ औं दिनदेखि २२ औं दिनभित्र शाखा कार्यालय ठमेलमा कार्यालय समयभित्र आइपुग्ने गरी निम्न शर्तहरुको अधिनमा रही शिलवन्दी बोलपत्र पेश गर्नुहुन आव्हान गरिन्छ । प्राप्त बोलपत्रहरु बोलपत्र प्राप्त भएको कार्यालयमा २३ औं दिन वा सो दिन विदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिनमा दिनको २:०० बजे खोलिने हुँदा बोलपत्रदाता वा आधिकारिक प्रतिनिधि उपस्थित हुन समेत जानकारी गराइन्छ । तर बोलपत्रदाताको अनुपस्थितिले वोलपत्र खोल्न बाधा पुग्ने छैन ।