यस बैंकको नाममा गैर बैंकिङ्ग सम्पत्तिका रुपमा दर्ता रहेको तपसिल बमोजिमका सम्पत्तिहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत् बिक्री गरिन लागिएको हुँदा इच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुबाट निम्न लिखित शर्तहरुको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिले सात (७) दिन भित्र यस बैंकको शाखा कार्यालय विद्यापती चोक, जनकपुरमा मा शिलबन्दी बोलपत्र पेश गर्नहुन यसै सूचनाद्वारा आव्हान गरिन्छ । बोलपत्र सम्बन्धी अन्य शर्तहरु बोलपत्र फारममा उल्लेख गरिएको छ । उक्त बोलपत्र यो सूचना प्रकाशित भएको आँठ (८) औं दिनमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शाखा कार्यालय विद्यापती चोक, जनकपुरमा दिनको ४:०० बजे खोलिनेछ । बोलपत्र बुझाउने अन्तिम दिन वा खोल्ने दिन बिदा पर्न गएमा वा काबुभन्दा बाहिरको परिस्थिति परेमा सोको भोलि पल्ट वा बैंक खुलेको दिनलाई सम्झनु पर्नेछ ।
