AuctionHouse & LandPublished On: April 1, 2026

यस बैंकको नाममा दर्ता श्रेष्ता कायम रहेको मोरङ्ग जिल्ला, जतुवा कठकुप्पा गा.वि.स. वडा नं. ३, नक्सा सिट नं. ३क स्थित कि.न. ५९७१ र ५९७२ को क्षेत्रफल क्रमश: ४४०.२१ र ४४० २१ व.मि. को घरजग्गा (गैह बैकिङ्ग सम्पत्ति) जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने भएकोले खरिद गर्न इच्छुक महानुभावहरुलाई यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस बैंकको कर्जा असूली विभाग, नक्साल, काठमाडौंमा कार्यालय समय भित्र गोप्य शिलबन्दी बोलपत्र आई पुग्ने गरी पेश गर्नु हुन सूचित गरिन्छ । तोकिएको मिति र समयभित्र प्राप्त बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिले ८ औं दिनको दिन अर्थात मिति २०८२।१२।२५ ( उक्त दिन विदा परेमा त्यसको लगतै कार्यालय खुलेको पहिलो दिन ) दिनको १:०० बजे खोलिने हुँदा बोलपत्र दाता स्वयं वा आधिकारिक प्रतिनिधिहरुलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन समेत सूचित गरिएको छ । गोप्य शिलबन्दी बोलपत्र सम्बन्धी सम्पूर्ण विवरणहरु तथा शर्तहरु बोलपत्र फाराममा उल्लेख भए बमोजिम हुनेछ । बोलपत्र फाराम यस बैंकको कर्जा असूली विभाग, नक्साल, काठमाडौंबाट रु. १००/- तिरी खरिद गर्न सकिनेछ ।