AuctionHouse & LandPublished On: May 21, 2026

यस बैंकका तपसिलमा उल्लेखित ऋणीले लिएको कर्जाको व्याज एवं किस्ता (साँवा, व्याज) भुक्तानी सम्बन्धित शर्त कबुलियत उल्लघंन गर्नु भई यस बैंकबाट पटक पटक मौखिक एवं लिखित तरताकेता गर्दा समेत सोको पूर्ण बेवास्ता गरी तहाँ ऋणी तथा जमानतकर्ताले कर्जा नियमित तथा चुक्ता गर्ने तर्फ चासो नदेखाई आलटाल गरी बसेको हुनाले यो सार्वजनिक सूचना प्रकाशित गरिएकोछ । अतः यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकमा सम्पर्क राखी सम्झौता बमोजिम बैंकलाई तिर्न बुझाउन बाँकी सम्पूर्ण रकम चुक्ता फछ्यौट गर्नु गराउनु हुन ऋणी, जमानतकर्ता तथा धितोसुरक्षण धनी लगायत सम्बद्ध सबैमा सूचित गरिन्छ । यस सूचनाको समेत बेवास्ता गरी उल्लेखित समयावधिभित्र कर्जा चुक्ता फछ्यौट नगरेको खण्डमा ऋणी तथा जमानतकर्ता लगायत नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समाविष्ट गर्नुपर्ने सम्बद्ध सबैलाई अन्य कुनै पनि सूचना नदिई नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्न सिफारिस गरिने व्यहोरा जानकारी गराउँदै कर्जाको सुरक्षणको रुपमा बैंक समक्ष धितो रहेको तपसिलमा उल्लेखित सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरी प्रस्तुत सूचनाको म्याद भित्र प्राप्त हुन आएका गोप्य शिलवन्दी बोलपत्रको माध्यमबाट लिलाम विक्री गरिने भएकोले उक्त सम्पत्ति के कति मुल्यमा खरिद गरी लिने हो सो खुलाई यो सूचना प्रकाशित भएको मितिले ३६ औं दिन देखि ४२ औं दिनभित्र शिलबन्दी बोलपत्र बैंकको प्रधान कार्यालय, बबरमहल काठमाण्डौमा दाखिल गर्नु हुन ईच्छुक महानुभावहरु सबैको जानकारीको लागि समेत यो सूचना प्रकाशित गरिएको छ । प्राप्त बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिले ४३ औँ दिन अर्थात मिति ४३ औं दिन अर्थात मिति २०८३ / ०३ / १८ गते बिहिवारको दिन ( सो दिन सार्वजनिक बिदा परेमा सोको लगत्तै बैंक खुलेको दिन) बैंकको प्रधान कार्यालय, बबरमहल, काठमाण्डौमा दिनको ठीक ३:०० (तीन) बजे खोलिने भएकोले उक्त दिन उपस्थित हुन सम्बन्धित ऋणी, सुरक्षणधनी, ईच्छुक बोलपत्रदाता तथा सम्बद्ध सबैमा अनुरोध छ। प्राप्त बोलपत्रहरु बैंकले बिना कुनै कारण दर्शाइ स्वीकार वा अस्वीकार गर्न सक्ने व्यहोरा समेत जानकारी गराईन्छ । कुनै कारणबस तपसिलमा उल्लेखित सम्पत्ति लिलाम विक्री नभएमा सो सम्पत्ति अन्य व्यवस्था गरी बेच बिखन गर्न सक्ने वा प्रचलित कानून बमोजिम बैंकले सकार गरी लिन सक्ने व्यहोरा र उक्त सम्पत्तिबाट बैंकको सम्पूर्ण बक्यौता असूल उपर नभएमा प्रचलित कानून बमोजिम असुल उपर गरी लिईने व्यहोरा समेत जानकारी गराईन्छ ।