AuctionHouse & LandPublished On: June 1, 2026

यस बैंकबाट कर्जा लिएका तपसिल बमोजिमका ऋणी तथा सो को धितो जमानतकर्ताले ऋण लिँदा गरिदिएको लिखत र ऋण स्वीकृतीपत्रको शर्तमा तोकिए बमोजिम बैंकलाई तिर्नु बुझाउनु पर्ने साँवा, किस्ता तथा ब्याज समेतका रकमहरु तिर्न बुझाउन पटक पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत नतिरी नबुझाई बैंकसँग भएको ऋण कर्जा सम्बन्धी शर्त कबुलियतहरु उल्लङ्घन गरेकोले कर्जा चुक्ता भुक्तान गर्न आउने बारेको ३५ दिने सार्वजनिक सूचना मिति २०८१/१२/०८ गतेको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित गरिएकोमा सो बमोजिम समेत ऋणी तथा जमानतकर्ता कसैले पनि ऋण / जमानत दायित्व फछ्र्यौट नगरेको हुनाले ऋणी / धितोदाताहरुले यस बैंकलाई लेखिदिएको तपसिल बमोजिमको चल अचल सम्पत्ति धितो जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशिकाको निर्देशन एवं बैंकको आन्तरिक नियम अनुसार गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गरी बैंकको लेना असुल उपर गरिने हुँदा इच्छुक महानुभावहरुलाई तपसिलमा उल्लिखित शर्त बन्देजहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन आव्हान गरी मिति २०८२/०२/११ मा प्रथम पटक र २०८२/०२/३० गते दोस्रो पटक कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित भएकोमा उक्त सूचनामा तोकिएको मिति भित्र बैकको नियमानुसार प्राप्त हुनुपर्नेमा कुनै पनि गोप्य शिलवन्दी बोलपत्रहरु प्राप्त हुन नआएकोले पुनः तेस्रो पटक यो सूचना प्रकाशित गरि इच्छुक महानुभावहरुले तपसिलमा उल्लिखित शर्त बन्देजहरुको अधीनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्नहुन आव्हान गरिन्छ ।
यसै सूचनालाई आधार मानी सम्बन्धित ऋणीहरु तथा जमानत गरिदिने व्यक्तिले लिलाम हुने दिन भन्दा अगावै बैंकमा उपस्थित भई आफुले बुझाउनु पर्ने सम्पूर्ण बाँकी बक्यौता चुक्ता भुक्तान गरी कर्जा राफसाफ गरेमा लिलामी कार्य रोक्न सकिने व्यहोरा समेत जानकारी गराईन्छ । धितोको सम्पत्ति लिलामबाट कसैले सकार गरी नलिएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम बैंक आफैले सकार गरी लिन सक्ने व्यहोरा समेत ऋणी, धितो जमानतकर्ता एवं सम्बन्धित सबैमा जानकारी गराईन्छ ।