AuctionHouse & LandPublished On: June 2, 2026

यस बैंकबाट कर्जा लिएका तपसिल बमोजिमका ऋणी फर्मले तथा सो को धितो जमानतकर्ताले ऋण लिँदा गरिदिएको लिखत र ऋण स्वीकृतीपत्रको शर्तमा तोकिए बमोजिम बैंकलाई तिर्नु बुझाउनु पर्ने साँवा किस्ता तथा ब्याँज समेतका रकमहरु तिर्न बुझाउन पटक पटक मौखिक एवं लिखित तरताकेता गर्दा समेत नतिरी नबुझाई बैंकसँग भएको ऋण कर्जा सम्वन्धी शर्त कबुलियतहरु उल्लङ्घन गरेकोले कर्जा चुक्ता भुक्तान गर्न आउने बारेको ३५ दिने सार्वजनिक सूचना मिति २०८२/०९/०२ को नँया पत्रिकामा प्रकाशित गरिएकोमा सो बमोजिम समेत ऋणी तथा जमानतकर्ता कसैले पनि ऋणकर्जाको बाँकी सावाँ ब्याज चुक्ता भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाई बेवास्ता गरी नतिरेको / नबुझाएको एवं ऋण / जमानत दायित्व फछ्र्यौट नगरे को हुनाले ऋणी एवं धितो जमानतकर्ताले यस बैंकलाई लेखिदिएको तपशिल बमोजिमको चल अचल सम्पत्ति धितो जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्थामा र परिमाणमा प्रचलित कानून, बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ एवं बैंक नियम अनुसार गोप्य सिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गरी बैंकको लेना असुल उपर गर्नका लागि यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
धितोमा रहेको उक्त सम्पत्तिहरु गोप्य सिलबन्दी बोलपत्र मार्फत खरिद गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित सघं सस्थाले यो सूचना प्रकाशित भएको पन्ध्र (१५) दिन ( सो दिन बिदा परेमा बिदा पश्चात लगतै कार्यालय खुलेको दिन) को कार्यालय समयभित्र बोलपत्र फाराममा उल्लेखित शर्तहरुको अधीनमा रही रितपुर्वक भरी यस बैंकको कर्जा असुली विभाग, बिजुली बजार काठमाडौं वा कुमारीपाटी शाखा, ललितपुरमा आईपुग्ने गरी गोप्य सिलबन्दी बोलपत्र आवेदन पेश गर्न हुन आव्हान गरिन्छ ।
यसै सूचनालाई आधार मानी सम्बन्धित ऋणी तथा जमानतकर्ता तथा सम्बद्ध व्यक्ति समेतले सम्पत्ति लिलाम हुने दिन भन्दा अगावै बैंकमा उपस्थित भई आफुले बुझाउनु पर्ने सम्पूर्ण बाँकी बक्यौता चुक्ता भुक्तान गरी कर्जा राफसाफ गरेमा लिलामी कार्य रोक्न सकिने व्यहोरा समेत जानकारी गराईन्छ । प्रस्तुत लिलाम बिक्री प्रक्रियाबाट धितोमा रहेको तपसिल बमोजिमको सम्पत्ति लिलाम बिक्री हुन नसकेमा वा धितोको सम्पत्ति लिलामबाट कसैले सकार गरी नलिएमा बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ बमोजिम बैंक आफैले सकार गरी लिन सक्ने ब्यहोरा समेत ऋणी, धितो जमानतकर्ता एवं सम्बन्धित सबैमा जानकारी गराईन्छ । साथै, लिलाम बिक्रीबाट बैंकको सम्पूर्ण लेना रकम असुल उपर नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असूली सम्बन्धी ऐन, २०५८, सो को नियमावली, २०५९ तथा प्रचलित कानून बमोजिम ऋणी तथा जमानतकर्ताको अन्य चल अचल जायजेथा, श्रीसम्पत्तिबाट समेत बाँकी लेना रकम असुल उपर गरिने व्यहोरा ऋणी, धितो सुरक्षण तथा जमानत दिनु हुने व्यक्ति तथा सम्बन्धित सबैलाई यसै सूचनाद्धारा अवगत गराईन्छ ।