AuctionLandPublished On: June 3, 2026

यस माछापुच्छ्रे बैंक लि. कन्चनरुप शाखा कार्यालयबाट तपसिलमा उल्लेखित ऋणीले आफ्नो उद्योग / ब्यापार, ब्यवसाय सञ्चालन गर्न लिनु भएको ऋण कर्जाको यस बैंकसँग गरेको सम्झौता बमोजिम समय समयमा तिर्न बुझाउनुपर्ने साँवा, ब्याज, पेनाल ब्याज तथा अन्य दस्तुर आदि चुक्ता भुक्तान गर्न पटक पटक मौखिक, लिखित तरताकेता गरिएको एवं मिति २०८२/०२/०५ गतेको आर्थिक राष्ट्रिय दैनिकमा ३५ दिने सूचना प्रकाशित गर्दा समेत नतिरी नबुझाई बैंकसँग गरेको ऋण कर्जा सम्बन्धी शर्तबन्देजहरु उल्लंघन गर्नु भएकोले बैंकको नाममा धितोबन्धक लेखिदिएको तपसिल बमोजिमको सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ, सोहि अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी बैंक नियमानुसार विभिन्न मितिको राष्ट्रिय दैनिक पत्रिकामा धितो लिलाम बिक्रीको गोप्य शिलबन्दी बोलपत्र आव्हानको सूचना प्रकाशित गरी लिलाम बिक्री गर्दा समेत धितो सम्पत्ति लिलाम बिक्री नभएकोले पुनः गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री गरिने भएको हुँदा लिन इच्छुक व्यक्ति तथा संस्थाहरुले बैंकबाट प्राप्त हुने बोलपत्र फारम रितपूर्वक भरी तपसिलमा उल्लेखित शर्त बन्देजहरुको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन आव्हान गरिन्छ । प्राप्त हुन आएका बोलपत्रहरु १६ (सोह्रौं) दिनका दिन सोही स्थानमा खोलिने हुँदा तपसिलमा उल्लिखित मिति, समय र स्थानमा उपस्थित हुन समेत इच्छुक खरिदकर्ता / बोलपत्रवाला वा निजको आधिकारीक प्रतिनिधि, ऋणी, प्रोप्राइटर / साझेदार / संचालक तथा सम्बद्ध सबैलाई सूचित गरिएको छ । तर उक्त दिन निजहरु अनुपस्थित रहेमा पनि बोलपत्र खोल्न / धितो लिलाम बिक्रीको प्रकृया गर्न कुनै बाधा पुग्ने छैन । साथै कर्जा असुलीको कारवाही अन्तर्गत ऋणी, प्रोप्राइटर / साझेदार / संचालक तथा सम्बद्ध सबैलाई कालोसूचीमा समावेश गरिने तथा सुरक्षणमा रहेको सम्पूर्ण धितो लिलाम बिक्री गर्दा पनि बैंकको सम्पूर्ण बक्यौता रकम असुल उपर नभएमा प्रचलित कानून बमोजिम कारबाही गरी असुल उपर गरी लिइने व्यहोरा ऋणी तथा सरोकारवालाहरु सबैलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ । धितो सुरक्षणमा रहेको सम्पत्ति लिलाम बिक्री गरिने उपरोक्त ब्यहोरा अनुरोध गर्दै सूचनाको म्यादभित्र धनी बैंकमा सम्पर्क राखी यथाशिघ्र कर्जा भुक्तानी गरी गराई आफ्नो सम्पत्तिको उचित संरक्षण गर्न समेत विशेष अनुरोध गरिन्छ ।