यी हुन् लगानी सम्मेलनमा सोकेश गरेका शहरी विकासका ६ परियोजना

शहरी विकासका ६ वटा परियोजनामा नयाँ सहर विकास परियोजना (इशान), पोखरामा अटो भिलेज, लगनखेलमा भूमिगत पालिका बजार, बबरमहल प्रशासनिक प्लाजा, पश्चिम सेती टाउन प्लानिङ परियोजना र गोपी कृष्ण कम्प्लेक्स रहेका छन् ।

367B408218B985F-icon.png
439views
85A94D2E1F855E9-lagani-sammelan-1714100572.jpeg

काठमाडौं । तेस्रो लगानी सम्मेलनमा शहरी विकाससँग सम्बन्धित ६ वटा परियोजना सोकेश गरिने भएको छ । यही १६ र १७ वैशाखमा आयोजना गर्न लागिएको सम्मेलनम यी परियोजनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ)का लागि लगानीकर्तालाई आमन्त्रण गरिने छ ।

शहरी विकासका ६ परियोजनामा नयाँ सहर विकास परियोजना (इशान), पोखरामा अटो भिलेज, लगनखेलमा भूमिगत पालिका बजार, बबरमहल प्रशासनिक प्लाजा, पश्‍चिम सेती टाउन प्लानिङ परियोजना र गोपी कृष्ण कम्प्लेक्स रहेका छन् ।

गोपीकृष्ण सेन्ट्रल कम्पलेक्स

चावाहिलमा स्टिल स्ट्रक्चर प्रयोग गरेर बनाउने भनिएको गोपीकृष्ण सेन्ट्रल कम्पलेक्स पनि लगानी सम्मेलनमा सोकेश गरिँदै छ । लगानी जुटाउन सम्मेलनमा परियोजना सोकेश गर्न लागेको बताइएको छ ।

अहिलेसम्म नेपालमा कसैले पनि ठूला भवन निर्माणमा स्टिल स्ट्रक्चर प्रयोग गर्ने हिम्मत गर्न सकेका छैनन् । तर, गोपीकृष्ण मुभिजका सञ्‍चालक निरक पौडेल १४ तले भवन स्टिलबाट बनाउँदैछन् । 

गोपीकृष्णमा स्टिलबाट बनेको आइकोनिक भवनमा पाँचतारे होटल र सपिङ कम्पलेक्स सञ्‍चालनमा आउनेछ । काठमाडौं उपत्यकाको पुरानोमध्येको गोपीकृष्ण हलमा आधुनिक सेवा सुविधा सहितको इन्टरटेनमेन्ट हब बनाउन लागेको निरक सुनाउँछन् । कोभिड महामारीपछि सिनेमा हल बन्द भएपछि पौडेल परिवार नयाँ परियोजना निर्माणमा जुटेको हो । 

निरकका बुवा उद्धव पौडेलले २५ बर्ष अगाडि सञ्‍चालनमा ल्याएको गोपीकृष्ण हल भएको ठाउँमा आधुनिक भवन बनाइँदैछ जहाँ पाँचतारे होटल, सपिङ कम्पलेक्स, रेष्टुराँ, चिल्ड्रेन पार्क, फुड पार्क, गेमिङ जोन, एयर स्वीमिङ पुल, थ्रिडी डिजिटल बोर्डजस्ता सुविधा हुनेछन् ।

‘हामी विकसित मुलुकका आधुनिक शहरको जीवनशैलीको अनुभूति आफ्नै शहर काठमाडौंमा उपलब्ध गराउन चाहान्छौं, जसमा ६ अर्ब रुपैयाँ लगानी हुनेछ’ निरक भन्छन्, ‘समय अनुसार चल्नुपर्ने रहेछ, अब सिनेमा हलसहित मनोरञ्‍जनका अरु गतिविधिहरु पनि थपेर जिकेसिसीलाई ल्यान्डमार्क बनाउने सपना छ ।’

गोपीकृष्णमा सञ्‍चालन हुने पाँचतारे होटलमा १५७ कोठा हुनेछन् जसको व्यवस्थापनमा विदेशी चेन होटल आउँदैछ । होटलमा क्यासिनो पनि सञ्‍चालन गर्ने बताइएको छ ।

काठमाडौं इशान शहर

भक्तपुरको पूर्व–उत्तर क्षेत्रमा फैलिने काठमाडौं इशान शहरको डिपीआर तयार भइसकेको छ । १ लाख ३ हजार ५०० रोपनी क्षेत्रफलमा फैलिने ईशान काठमाडौं उपत्यकामा प्रस्ताव गरिएका चारवटा शहरमध्ये सबैभन्दा ठूलो हुने छ । 

पूर्वमा नगरकोट जाने सडक, तेलकोट सडक, पश्चिमतर्फ जोरपाटी, मुलपानी, गोठटार र उत्तरतर्फ साँखु बजार क्षेत्रसम्म फैलिने छ । डिपीआरमा यो आयोजनको कूल लागत ३ खर्ब ८२ अर्ब २५ करोड रुपैयाँ निस्किएको छ । 

यो शहरमा २० हजार ४४२ रोपनी क्षेत्रफलमा सडक बन्नेछन् । डीपीआरमा ५ हजार २२० रोपनी जग्गा खुला राख्‍ने प्रस्ताव छ । यस्तै, ५७ हजार ७२० रोपनी जग्गा स्थानीयले घडेरी र प्लटका रुपमा फिर्ता पाउनेछन् । 

यस्तै, स्थानीयले प्रतिकित्ता ३६.९८ प्रतिशत जग्गा आयोजनालाई योगदान गर्नुपर्नेछ भने ६३.०२ प्रतिशत जग्गामात्र प्लटका रुपमा फिर्ता पाउने प्राधिकरणले जनाएको छ । यो आयोजना निर्माण अवधि ७ बर्षको तोकिएको छ ।

पोखरा अटो भिलेज

पोखरा महानगरपालिकाले पोखरामा दुई पांग्र्रे, चार पांग्र साना सवारी र चार पांग्रेकै ठूला गाडी गरी तीन प्रकारको अटो भिलेज बनाउने योजना बनाएको छ । अटो व्यवसाय र वर्कसप व्यवसायलाई व्यवस्थित बनाउन महानगरले यस्तो कार्ययोजना अगाडि बढाएको हो ।

महानगरले गठन गरेको कार्यदलले अटो भिलेजका लागि १२० रोपनी जग्गा आवश्यक पर्ने र पोखराको मसिना बगर, फेदी बाँसबोट, पावरहाउस र बाच्छेबुडुवालाई उपयुक्त ठाउँ सिफारिस गरेको थियो । यो परियोजनामा लगानी जुटाउन लगानी सम्मेलनमा प्रस्तुत गरिँदै छ ।

बबरमहल प्रशासनिक प्लाजा

सरकारले बबरमहलमा बनाउने भनेको एकीकृत प्रशासनिक प्लाजामा लगानी जुटाउन परियोजना सोकेश गर्ने भएको छ । बिभिन्‍न मन्त्रालयका विभाग तथा कार्यालयहरुलाई एउटै छानाभित्र समेट्न बबरमहल प्रशासनिक प्लाजा बनाउन लागिएको हो ।

बबरमहलमा रहेको सरकारी जग्गामा १८ तलाको अत्याधुनिक भवन बनाउने प्रस्ताव छ । जुन भवन ३० हजार २१ वर्गफिट क्षेत्रफलको हुनेछ । यो भवन निर्माणमा १० अर्ब २० करोड रुपैयाँ लागत लाग्‍ने अनुमान गरिएको छ ।

यस्तै, ललितपुरतको लगानखेलमा भूमिगत पालिका बजार बनाउने तयारी भइरहेको छ ।

दक्षिणपूर्वी एशियाका देशले रियल इस्टेटमा फड्को मारिसके, हामीले कहिले ?

काठमाडौंमा रियल इस्टेट सम्मेलन सुरु, लाइसेन्स लिएर मात्र घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्न जोड

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

काठमाडौंमा दुई दिन रियल इस्टेट कन्फ्रेन्स हुँदै, विदेशी वक्ता पनि सहभागी हुने

नागार्जुनमा २० करोडको बंग्लो बिक्रीमा, तीन दिन ओपन हाउस कार्यक्रम

चालू आवमा रियल इस्टेट क्षेत्रको वृद्धिदर पाँच वर्षयताकै उच्च रहने प्रक्षेपण

निर्माण उद्योग अझै मन्दीमै, चालू आवमा २.०७५ ऋणात्मक रहने प्रक्षेपण

यस्तो बन्दैछ रारामा लक्जरी रिसोर्ट, अष्ट्रेलियन लगानी भित्रिँदै (फोटोफिचर)

DAD3C9812481A61-SK-Nepal.jpg

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी

3DF22108BC87EE6-111.jpg

नापजाँच भएर पनि छुटपुट भएकाे जग्गा दर्ता गर्न खुला

0FF0188418D551A-pokhara-city-2.jpg

शहरी जनसंख्या बढ्दै, पुगे २७ प्रतिशत, शहरोन्मुख जनसंख्या ४० प्रतिशत